प्रधानसेनापतिले दुर्गा प्रसाई र रास्वपासँग छलफल गर्ने भनेपछि भाडियो जेन जी बैठक

२५ भाद्र २०८२, बुधबार १६:५४

काठमाडौं । जेन जी आन्दोलनकी अभियन्ता रक्षा बमले नेपाली सेनाले आफूलाई राष्ट्रपतिसँग भेट्न बोलाए पनि दुर्गा प्रसाई र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समूहसँग वार्तामा बस्न बाध्य बनाउन खोजेको आरोप लगाएकी छन्।

बमले सामाजिक सञ्जालमा लेख्दै आफूहरुलाई बोलाइएको वार्तामा प्रसाई र रास्वपा समूह पनि सहभागी भएपछि वार्ता अस्वीकार गरेर बाहिरिएको खुलाएकी छन्। उनले लेखेकी छन्, ‘राष्ट्रपतिसँग भेट्न बोलाएर दुर्गा प्रसाईं र रास्वपा समूहसँग वार्तामा बस्नुस् भन्ने प्रस्ताव आयो। उहाँहरू पनि स्टेकहोल्डर हो भनेर स्वयं प्रधानसेनापतिले भनिसकेपछि, हाम्रो आन्दोलनको बलिदान र परिवर्तनको यात्रा तुहिने भएकाले हामी त्यस्तो प्रस्ताव अस्वीकार गर्दै बाहिरिएका हौं।’

उनले अर्को स्टाटसमा नेपाली सेना प्रमुखलाई भेट्न नगएको स्पष्ट गर्दै मागहरू एकीकृत गरेर मात्रै उच्च तहमा प्रस्तुत गर्ने सहमतिका आधारमा वार्तास्थल छाडिएको उल्लेख गरेकी छन्। उनका अनुसार ७७ जिल्लाबाट आएका जेन–जेड आन्दोलनकारीका प्रतिनिधिहरूले संयुक्त दस्तावेज तयार गरी केही दिनभित्र राष्ट्रपति र सेनाप्रमुख समक्ष मागहरू पेश गर्ने तयारी भइरहेको छ।

यसबीच, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग हामी नेपाल समूह र मेडिकल व्यवसायी दुर्गा प्रसाईबीच वार्ता भइरहेको बताइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*