जेन-जी समूह: अन्तरिम नेतृत्वका लागि सुशीला कार्की सर्वमान्य

२५ भाद्र २०८२, बुधबार १७:०९

काठमाडौँ । करिब चार घण्टादेखि जारी जेन–जी समूहको भर्चुअल (जुम) बैठकले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई तत्कालका लागि नेतृत्वमा स्वीकार्ने निष्कर्ष निकाल्ने तयारी गरेको छ।

बैठकमा सहभागी जेन–जी पुस्ताका अभियन्ताहरूले प्रधानसेनापतिसँग हुने वार्तामा कुनै राजनीतिक गन्ध आउन नहुने भन्दै राजनीतिक दलसँग आबद्ध व्यक्ति वा विवादित नेतृत्वलाई स्वीकार्न नसक्ने अडान राखेका थिए। यस क्रममा हाल नागरिक अभियन्तामेत रहेकी कार्कीको नाम सर्वमान्य रुपमा अघि सारिएको हो।

बैठकमा कार्कीलाई अन्तरिम सरकारको नेतृत्वका लागि पनि उपयुक्त हुने धारणा राखिएको छ। सहभागीहरूले भनेका छन्, ‘पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई स्वीकारेर जान सकिन्छ। त्यसपछि बालेन्द्र र सागर ढकालहरू पनि हुनुहुन्छ। तर अहिलेको सन्दर्भमा अन्तरिम सरकारको नेतृत्व गर्न कार्की नै उपयुक्त हुनुहुन्छ।’

भर्चुअल छलफलमा कार्कीको विकल्पका रूपमा तत्काल अर्को सक्षम व्यक्ति नभएको बताउँदै ‘सुशीला कार्कीको नाममा नोटिस निकालौँ, डन भयो, अनाउन्स गरौँ’ भन्ने सहमति पनि बनेको छ।

यसअघि प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई समेत वार्तामा समावेश गर्ने प्रस्ताव गरेका थिए, जसलाई जेन–जी समूहले अस्वीकार गरेको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*