नेपालमा छिट्टै स्थिरता कायम होस् : चीन

२५ भाद्र २०८२, बुधबार १८:२५

काठमाडौं । चीनले नेपालमा देखिएको राजनीतिक र सामाजिक अस्थिरता छिट्टै समाधान हुने आशा व्यक्त गरेको छ।

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताले नियमित पत्रकार सम्मेलनमा भने, ‘चीन र नेपाल परम्परागत मित्र र छिमेकी हुन्। हामी आशा गर्छौं, नेपालका विभिन्न पक्षहरूले घरेलु समस्याहरूलाई उचित ढंगले समाधान गरी देशमा छिट्टै शान्ति, स्थिरता र कानुनको शासन पुनःस्थापना गर्नेछन्।’

प्रवक्ताले चीनले नेपालसँगको मित्रता र सहयोगलाई निरन्तरता दिने तयारी रहेको पनि स्पष्ट पारेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*