जेनजी नेतृत्वबारे विवाद: युवाहरूले बालेन शाह र हर्क साम्पाङ अघि आउनुपर्ने माग
२५ भाद्र २०८२, बुधबार १९:०१

काठमाडौँ । नेपाली सेनासँग जेनजीको वार्ता चलिरहँदा भद्रकालीस्थित जंगीअड्डामा भेला भएका केही युवाहरूले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा असन्तुष्टि व्यक्त गरेका छन्।
उनीहरूले जेनजीको नेतृत्व बालेन शाह र हर्क साम्पाङजस्ता युवा अगाडि आउनुपर्ने माग गरेका छन्। जेनजीका प्रतिनिधिहरूले प्रारम्भिक छलफलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम अघि सारे पनि युवाहरूले यस विषयमा असहमति जनाएका हुन्।
बुधबार साँझ जंगीअड्डामा जेनजीका प्रतिनिधि पुगेर छलफल गरे पनि सहभागीहरू पूर्ण रूपमा एकमत भएका छैनन्।
नेपाली सेनाले जेनजी प्रतिनिधिसँग वार्ता विभिन्न चरणमा अघि बढाइरहेको बताएको छ। प्रारम्भिक निष्कर्ष तयार भएपछि मात्रै राष्ट्रपतिसँग औपचारिक वार्ता हुने जानकारी दिइएको छ।













