तत्काल संसद विघटन गर्नुपर्ने जेन जीको प्रस्ताव, संघीयता खारेजीको माग

२५ भाद्र २०८२, बुधबार २०:४४

काठमाडौं । जेनजीले राजधानी काठमाडौंसहित देशैभरि चलाइएको आन्दोलनपछि जेनजीले नयाँ मागको रुपमा तत्काल संसद विघटन गर्न माग अघि सारेका छन् । भर्चुअल मिटिङमा जेनजीका युवाहरुले हालको संसद तत्काल विघटन गर्नुपर्ने माग अघि सारेका छन् ।

युवाहरुको भिषण आन्दोलनपछि हिजो साँझ जनहत्याका आरोप लागेका कांग्रेस एमालेको संयुक्त सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिएर बालुवाटारबाट सेनाको हेलिकोप्टर चढेर भागेका थिए । प्रधानमन्त्री नै भागेपछि अहिले देशको कमाण्ड नेपाली सेनाले सम्हालिरहेको अवस्था छ ।

प्रधानमन्त्री केपी शर्मा ओली सरकारी निवास छोडेर भागेपनि राष्ट्रपति र संसद भने बाँकी नै छ । आन्दोलनरत जेनजी युवाहरुले तत्काल संसद विघटन र राष्ट्रपतिलाई पदमुक्त गर्नुपर्ने माग अघि सारेका छन् ।

जेनजीका पुस्ताहरुले संघीयता तत्कालै खारेज गर्नुपर्ने, भ्रष्टाचारको छानविन गर्न शक्तिशाली आयोग बन्नुपर्ने, जोसुकैको सम्पत्ति छानविन गर्न पाउने कानुन हुनुपर्ने माग पनि अघि सार्ने भएका छन् । आज भएको भर्चुअल छलफलमा जेनजीका युवाहरुले कार्यकारी राष्ट्रपति वा कार्यकारी प्रधानमन्त्री पद्धतिको नयाँ शासन व्यवस्थामा जानुपर्ने, संविधान समेत खारेज हुनुपर्ने सम्मको माग अघि सारेका छन् ।

जेनजीका युवाहरुसँग नेपाली सेनाले आज पटक पटक गरेको छलफलमा सहमति हुन सकिरहेको छैन । जेनजीका युवाहरुले सर्वसम्मत सरकार प्रमुख सिफारिस गर्ने बिषयमा सुशिला कार्यको नामलाई अनुमोदन गराउन खोजिरहेका छन् । नयाँ निर्वाचनको बिषयमा कुरा उठेकोले नयाँ निर्वाचन यही संविधान भित्रबाट कि यही संविधान बाहिरबाट भन्ने पनि प्रश्न उठेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*