दलाल र तानाशाही संसद जीउँदै, जेनजी आन्दोलन तुहाउने षडयन्त्र त होइन ?

२६ भाद्र २०८२, बिहीबार ०७:४८

काठमाडौं । जेनजी पुस्ताहरुले गरेको भिषण आन्दोलनको राप र तापले प्रधानमन्त्री भाग्ने सम्मको अवस्थामा पुगेपनि अझै तानाशाही र दलालहरुको पक्षमा कानुन बनाउने संघीय संसद जीउदै छ । संविधान जीउँदै छ, प्रश्न उठ्न थालेको छ, कतै जेनजी पुस्ताको आन्दोलनमा फेरि धोका त हुँदैन ?

हो, नेपालको आन्दोलन सधैं टालटुले र सम्झौतामा टुंगिदै आएको थियो । तर, यस पटक अस्वाभाविक रुपमा जेनजी पुस्ताहरुले २०४६ सालदेखि यताको दलाल, बिचौलिया, माफियाहरुको सत्ताको जरैदेखि उखेर फाले । तर, होनाहार ३० भन्दा बढि युवाहरुले शहिद बनेर नयाँ नेपालको लागि नयाँ शासन व्यवस्था ल्याउने घोषणा गरेपनि अझै पुरानो सत्ताको संघीय संसद र संविधान जीउँदै छ ।

युवा पुस्ताहरुको आन्दोलनको मूल मर्म र भावना संघीयता खारेजी, वर्तमान संविधानबाट संसदीय व्यवस्थाको अन्त्य र प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली हो । तर, त्यही प्रणालीमा लैजानको लागि वर्तमान संसद जीउदो राख्दासम्म सम्भव छैन ।

हिजो साँझ जेनजी युवाहरुको बैठकमा पनि वर्तमन संसद तत्काल भंग गरेर राष्ट्रपतिको समेत राजिनामा आउनुपर्ने धारणा राखेका थिए । तर, अहिलेसम्म संसद विघटन गर्ने सम्बन्धमा कुनै निर्णय भइसकेको छैन ।

देशको कमाण्ड नेपाली सेनाले आफ्नो हातमा लिएर नयाँ अन्तरिम सरकार बनाउने प्रयास गरिरहेको छ । तर, नयाँ अन्तरिम सरकार गठनको लागि जेनजी आन्दोलनका नेतृत्वकर्ताहरुले सही र ठोस निर्णय तथा एजेण्डा बनाउन सकिरहेका छैनन् ।

खसीको टाउको राखेर कुकुरको मासु बिक्री गर्ने शैलीको कामै नलाग्ने संसद विघटन नगर्ने अनि अर्कोतिर जेनजी आन्दोलनका नेतृत्व तहमा समेत सहमति नजुट्नुले कतै षडयन्त्र त हुन खोजिरहेको छैन ? भन्ने प्रश्न उठ्न थालेको छ । जतिसक्दो राष्ट्रपतिबाट संसद बिघटन गराएर नयाँ अन्तरिम सरकारलाई नेतृत्व हस्तान्तरणमार्फत रामचन्द्र पौडेललाई समेत गलहत्याउन अब ढिलाई गर्नु हुँदैन ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*