नेपाली सेनाले कठमाडौं, ललितपुर र भक्तपुरमा लगाएको कर्फ्यु हट्यो, आज साँझ ७ः०० बजेदेखि पुन लाग्ने
२६ भाद्र २०८२, बिहीबार ०८:१६

काठमाडौं । नेपाली सेनाले काठमाडौं उपत्यकामा लगाएको कर्फ्यु हटाएको छ । आज विहान १० बजेसम्म सामान किनमेल गर्न, अत्यावश्यक काममा निस्कन नसकिने गरी कर्फ्यु हटाएको हो ।
सैनिक अड्डाले काठमाडौं उपत्यकाको तीन वटा जिल्लामा जारी कर्फ्यु सम्बन्धि अपडेट जारी गर्दै आज विहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म निषेधाज्ञा भने जारी नै राखेको छ । सो अवधीमा कुनै पनि प्रदर्शन, जुलुस तथा नाराबाजी गर्न पाइने छैन ।
आज साँझ पाँच बजेदेखि ७ जबेसम्म पुनः सामान किन्नको लागि बाहिर निस्कन पाइने र साँझ ७ बजेदेखि २७ गते विहान ६ः०० बजेसम्मका लागि पुनः कर्फ्यु जारी गरिएको सैनिक हेडक्वाटरले जनाएको छ ।














