कारागारबाट भाग्न खोज्ने दुई कैदीको नेपाली सेनाले गोली चलाउदा मृत्यु

२६ भाद्र २०८२, बिहीबार ०९:२५

काठमाडौं । रामेछाप कारागार तोडेर भाग्न खोजेका कैदीलाई रोक्न गोली चल्दा २ जनाको मृत्यु भएको छ । बिहीबार बिहान कैदिबन्दीले विभिन्न च्यानलमा लगाएको ताल्चा फोडेर भाग्न खोजेपछि कैदीलाई नियन्त्रणमा लिन नेपाली सेनाले गोली चलाउँदा २ जनाको मृत्यु भएको हो ।

रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार एकजना कैदी गम्भीर छन् भने अन्य १० जना पनि घाइते भएका छन् । ‘सम्झाउँदा बुझाउँदा पनि नमानेर बलजफ्ती निस्कन र नाबाजीसहित जेल तोडेपछि स्थिति नियन्त्रणमा लिन गोली चलाउन पर्‍यो’, प्रमुख जिल्ला अधिकारी थापाले भने ।

घाइतेहरुको रामेछाप अस्पतालमा उपचार भइरहकोछ । अहिले कारागार नियन्त्रणमा लिइसकेको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए । कारागारमा महिला १६ तथा पुरुष ३१८ गरी ३३४ जना कैदी थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*