ऊर्जा मन्त्री घिसिङले तलबभत्ता–सुरक्षा सुविधा नलिने, रकम सहिद परिवारको कोषमा जम्मा गर्ने घोषणा
३० भाद्र २०८२, सोमबार १५:२७

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले सोमबार पदभार ग्रहण गर्दै आफूले तलबभत्ता, सुरक्षा सुविधा लगायत कुनै सुविधा नलिने घोषणा गरेका छन्।
मन्त्री घिसिङले प्राप्त हुने तलबभत्ता सहिद परिवारको नाममा बनेको कोषमा जम्मा गर्ने बताए। उनले आफूलाई माननीय नभन्न समेत आग्रह गरेका छन्।
यसैसँगै मन्त्री घिसिङले नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड लाइनको लामो समयदेखि रोकिएको बक्यौता रकम उठाउने निर्णय समेत गरेका छन्।
उनले पदभार ग्रहणको क्रममा देशको ऊर्जा क्षेत्रलाई सुधार र समृद्धि तर्फ लैजान प्रतिबद्धता जनाएका छन्।













