जेनजी आन्दोलनः मृतक परिवारलाई १५ लाख राहत दिने सरकारको निर्णय

३० भाद्र २०८२, सोमबार १९:२४

काठमाडौँ । सरकारले जेनजी आन्दोलनमा मृत्यु भएका परिवारलाई १५ लाख क्षतिपूर्ति दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मृतकलाई सहिद घोषणा गर्ने र राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको हो।

गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले सरकारले यसअघि मृतक परिवारलाई दिँदै आएको १० लाखमा थप ५ लाख थपेर १५ लाख दिने निर्णय भएको बताए।

त्यस्तै शवलाई सम्बन्धित स्थानमा पुर्‍याउन पनि सरकारले सहजीकरण गर्ने निर्णय भएको उनले बताए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*