सुनको मूल्यले बनायो नयाँ रेकर्ड, मंगलबार प्रतितोला कति ?
३१ भाद्र २०८२, मंगलवार १०:३५

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । सुन तोलामा एक हजार ९०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख १७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदी तोलामा २० रुपैयाँले बढेर प्रतितोला दुई हजार ५९५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।













