व्यूटीपार्लरसँगै बीमा व्यवसायमा जमेकी सिटिजन लाइफकी बिमला, यसरी भइन् सफल

३१ भाद्र २०८२, मंगलवार १४:४०

निरन्तर सर्घष गर्नु नै सफल जिन्दगीका कलाहरुमध्ये एक हो । आँट, विश्वास र मेहनतका अगाडि कसैको केही लाग्दैन भन्ने उखानलाई चरितार्थ गर्दै अघि बढेकी छिन् सिटिजन लाइफ इन्स्योरेन्सकी बिमला कडेल । मिठो बोलीबचन, नम्र व्यवहारसँगै वित्तिय क्षेत्रको पर्याप्त ज्ञान र आफ्नो व्यूटीपार्लर व्यवसायको उपयोगबाटै बिमला कडेलले सिटिजन लाइफमा आबद्ध भएको छोटो समयै लोभलाग्दो प्रगति गर्न सफल भएकी छिन् ।

नवलपरासीको गैडाकोटमा बिमला पार्लर एण्ड कस्मेटीक नामक व्यूटीपार्लर सञ्चालन गर्दै आएकी बिमलालाई घर परिवारको राम्रो साथ रहेको छ । उनले भनिन्, ‘परिवारको साथ, सहयोगका कारण मैले व्यूटीपार्लर र बीमा व्यवसायमा पनि प्रगती गर्न सफल भएकी छु।’ बीमा अभिकर्ता पेशा अंगाल्न जति सहज र सजिलो रहेको छ, यसमा व्यवसायिक सफलता प्राप्त गर्न निकै अप्ठ्यारो छ । यस्ता अप्ठ्यारालाई सहजतामा परिणत गर्न सिटिजन लाइफले बिमलालाई निकै ठूलो सहयोग गरेको छ ।

चितवनको बाल कुमारी कलेजबाट २०६५ सालमा १२ कक्षा उत्तिर्ण गरेकी बिमला अहिले सिटिजन लाइफ इन्स्योरेन्सको गैडाकोट शाखा कार्यालयमा एजेन्सी म्यानेजरका रुपमा आवद्ध छिन् । सुरुवाती समयदेखि नै वित्तीय क्षेत्रको राम्रो ज्ञान र अनुभव बटुलेकी बिमलाले अभिकर्ता पेशामा पनि आफुलाई सफल र क्षमतावान नारीको रुपमा स्थापित गरेकी छिन् ।

नवलपरासी जिल्लालाई आफ्नो कर्मथलो बनाएकी बिमला सफल बीमा व्यवसायीका साथै एक सक्षम आमा पनि हुन् । परिवारको जिम्मेवारीलाई समेत काधमा राखेर हिडेकी एक सफल, इमान्दार, निडर र क्षमतावान व्यवसायी हुन् । उनले नवलपरासीमा आफ्नै व्यूटीपार्लर सञ्चालन गरेर पनि मनग्य आम्दानी गरिरहेकी छिन् ।

२०८० सालको जेठ महिनादेखि आधिकारीक रुपमा सिटिजन लाइफ इन्स्योरेन्सको अभिकर्ता बनेर बीमा व्यवसायको सुरुवात गरेको सुनाउछिन् उनी । ‘सुरुमा मलाई बीमाको बारेमा त्यति केही थाँहा थिएन् । म विस्तारै कम्पनीका विभिन्न तालिमहरुमा सहभागी हुदै गएपछि व्यवसायमा झन मन लाग्दै गयो । अनी मैले सबैभन्दा पहिला आफ्नै बीमा गरेर बीमा व्यवसायको थालनी गरेकी हु ।’

‘म सानैदेखि पढाई तथा व्यवसायमा सक्रिय भएर विभिन्न सार्वजनिक कार्यक्रममा पनि सहभागी भइरहने मान्छे हु ।’ उनले भनिन्, ‘मलाई तत्कालिन गैडाकोट शाखाकी ब्रान्च म्यानेजर सुरचिता कोइराला म्याम र बद्री सापकोटा मामाको सल्लाह र सुझावले बीमा व्यवसायमा होमिएकी हु ।’

‘सुरुमा एकदमै जटिल थियो । मानिसहरुलाई बुझाउँनै गाह्रो हुने । आफुलाई नी केही थाहाँ नहुने । पछि विस्तारै यो व्यवसायमा पुरानो हुदै गएपछि मानिसहरुले पत्याउने रहेछन् । सबै परिस्थितीलाई पार गर्दै अगाडी बढेको छु । आजभोली एकदमै मिहिनेतका साथ अघि बढीरहेकी छु ।’

अभिकर्ता पेशामा एउटा लक्ष्य निर्धारण गर्न आवश्यक छ । उनी कम्पनीले दिएका विभिन्न टार्गेटहरु पुरा गर्दै आएकीछिन् । ‘आजभोलि अभिकर्ताहरुले पहिलेको जस्तो झोला बोकेर बीमा गर्नुपर्ने अवस्था छैन् । विभिन्न सामाजिक सञ्जालका माध्यमबाट सल्लाह गरेर पनि बीमा गराउन सकिन्छ। मैले गैडाकोट मात्र नभएर विदेशमा रहेका आफन्त तथा इष्टमित्रहरुको समेत बीमा गर्दै आएकी छु ।’

व्यूटीपार्लर, बीमा व्यवसायका साथै बिमला विभिन्न संघ संस्थामा पनि आवद्ध भएर सक्रिय रहदै आएकी छिन् । उनी हाल गैडाकोटको प्रगतीटोलकी कोषाध्यक्ष समेत रहेकी छिन् । नेपाल व्यूटीसियन संघ तथा मेची महाकाली बुहारी संयुक्त आवाज लगायतमा जोडिएर काम गरीरहेकी छिन् ।

बीमा व्यवसायप्रतिको लगाव र निरन्तरको संघर्षको कारण बिमला कम्पनीका विभिन्न क्लवहरुमा सहजै छनौट भएकी छिन् । उनी आर्थिक वर्ष २०८०–०८१ म सिल्भर क्लब र आर्थिक वर्ष २०८१–०८२ मा डाइमण्ड क्लबमा छनौट भएर सम्मान पनि ग्रहण गर्न सफल भएकी छिन् । साथै, कम्पनीका विभिन्न योजनाहरुमा पनि गैडाकोट शाखा कार्यालयबाट सहजै छनौट हुन सफल भएकी छिन् ।

व्यूटी पार्लर र बीमा व्यवसायलाई नै प्रमुख पेशाका रुपमा रोजेकी बिमलाको सिटिजन लाइफमा सीओटी–टीओटी बन्ने लक्ष्य रहेको छ । जसको लागि उनी निरन्तर रुपमा आफ्नो यात्रा चालिरहेकी छिन् । उनी यो वर्षको एमडीआरटी बन्न निकै संघर्ष गरीरहेकी छिन् । एमडीआरटीको लक्ष्य प्राप्त गर्न आवश्यक पर्ने प्रिमियमको ७० प्रतिशत संकलन गरीसकको बताउँछिन् ।

उनी भन्छिन् ‘मैले बीमाबारे धेरै अध्ययन गरे । अनि मानिसहरुसँग उनीहरुलाई सहज हुने समयमा भेटघाट गदर्थे । पहिला उनीहरुका सबै कुरा सुने पश्चात मात्र मैले उनीहरुलाई सम्झाएर गलत धारणा चिरेर बीमा गर्ने गरेको छु।’ समाजमा रहेका हजारौं किसिमका मानिसहरुलाई सम्झाई–बुझाई गरेर उनले वार्षिक ३५ देखि ४० मानिसहरुको बीमा गरीरहेकी छिन् ।

सुरुमा आफ्नो बीमा गरेर अभिकर्ता पेशामा आवद्ध भएकी उनी कम्पनीका विभिन्न क्लवहरुमा समावेश हुदै सम्मान पाउँदा एकदमै हर्षित हुदैं बीमा व्यवसायमा अगाडी बढेको बताइन् । गैडाकोटको उत्कृष्ट एजेन्सी बन्न सफल भएकी बिमलालाई कम्पनीका सम्पूर्ण तहका कर्मचारीहरुको पनि ठूलो साथ सहयोग रहेको छ ।

सिटिजन लाइफ इन्स्योरेन्सले अभिकर्ताहरुलाई धरै प्राथमिकतामा राखेर विभिन्न उत्प्रेरणामुलक तालिम तथा विभिन्न भ्रमण योजना समेत ल्याएको कारण कम्पनीप्रति आफु खुशी रहेको धारणा दिएकी छिन् । अभिकर्ता पेशा आम नागरिकहरुले सोचेको भन्दा निकै फरक रहेको उनको अनुभव छ ।

छोटो अवधिमा नै बीमा व्यवसाय र व्यूटीपार्लर आफ्नो भविष्य सुरक्षित बनाएकी बिमलाले कमजोर आर्थिक अवस्था भएका घरपरिवारका वस्तीमा पनि उपयुक्त बीमा पोलिसी बिक्री गर्दै आएकी छिन् । उनको यस कार्यले आम नागरिकको जीवन रक्षावरण भएको हुदाँ खुशी छिन् ।

अन्तमा बिमलाले आम नागरिकको सेवा गरी बीमा सचेतना बढाउने र भविष्यमा बीमा क्षेत्रको दायरा वृद्धि गर्दै अगाडि बढ्ने प्रतिवद्धता र आत्मविश्वास बढेको बताएकीछिन् । आफुलाई विश्वास गरेर बीमा गरिदिने सयौ बीतिम, आफ्नो घरपरिवार र सिटिजन लाइफको समग्र टोलीलाई धन्यवाद व्यक्त गरेकीछिन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*