पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

१ आश्विन २०८२, बुधबार ०८:१७

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोलानजिकै पहिरो जाँदा सडक अवरुद्ध भएको छ । गएराति ९ बजे पहिरो जाँदा सवारी आवागमन दुवैतर्फ अवरुद्ध भएको हो ।

सडक डिभिजन कार्यालय भरतपुरले पहिरो हटाएर सडक आवागमन एकतर्फी सुचारू भएकोमा पुनः माथिबाट पहिरो जाँदा आवागमन दुईतर्फी नै अवरुद्ध भएको छ ।

बिहानैबाट पहिरो हटाउने काम सुरु गरिएको र बाटो पुन सञ्चालनमा आउन कम्तीमा २ घण्टा लाग्ने इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*