‘जेन–जी’ आन्दोलनमा लुटिएका गरगहना बिलबिना नकिन्न काठमाडौं प्रहरीको आग्रह

१ आश्विन २०८२, बुधबार १४:४६

काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले तोडफोड तथा लुटपाट गरी चोरी गरिएका गरगहना र सरसामान बिल विनाका आधारमा नकिन्न सर्वसाधारणलाई आग्रह गरेको छ।

गत भदौ २३ र २४ गते जेन–जीले आह्वान गरेको आन्दोलनका क्रममा राजधानीका विभिन्न स्थानमा रहेका सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, व्यापारिक प्रतिष्ठानसहित व्यक्तिगत घर र भवनमा आगजनी र तोडफोड भएको थियो। उक्त क्रममा आन्दोलनकारीहरूले बहुमूल्य गरगहना, सामान, सुनचाँदी, इलेक्ट्रोनिक्स, हिजबिज लगायतका सामग्री लुटपाट गरेको विवरण प्रहरीले प्राप्त गरेको जनाएको छ।

प्रहरीका अनुसार लुटिएका ती गरगहना तथा सरसामान सुनचाँदी पसल वा अन्य बजारमा बिल विनै बिक्री गर्ने सम्भावना रहेकाले त्यसलाई रोक्न प्रहरीले बिलविना सामान नकिन्न आग्रह गरेको हो।

प्रहरीले यस्ता सामान भेटिए वा शंकास्पद अवस्थामा पाइएमा तत्काल प्रहरी कन्ट्रोल १००, जिल्ला प्रहरी परिसर काठमाडौंको सम्पर्क नम्बर ०१–५३१५९६९ वा नजिकैको प्रहरी कार्यालयमा जानकारी दिन समेत अनुरोध गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*