सल्यानमा गाडी दुर्घटनाः ३ जनाको मृत्यु, २ घाइते
१२ आश्विन २०८२, आईतवार ०८:५६

काठमाडौं । राप्ती राजमार्गमा पर्ने सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलामा गाडी दुर्घटना हुँदा ३ जनाले ज्यान गुमाएका छन्।
रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाबाट दाङको घोराही आउँदै गरेको लु २ ख ६५०२ नम्बरको फोर्स गाडी आज बिहान करीब साढे ४ बजे सडकबाट ४ सय मिटर तल खसेको हो।
दुर्घटनामा पनि बाफीकोट गाउँपालिका–५ का अन्दाजी २५ वर्षीय प्रकाश केसीले ज्यान गुमाएका छन् भने बाँकी एक महिला र पुरुषको भने परिचय खुल्न बाँकी छ।
दुघर्टनामा परेर बाफीकोट गाउँपालिका–५ का अन्दाजी ४७ वर्षीय खगेन्द्र केशी र ३६ वर्षीय बिना केसी घाइते भएका छन्। दुबैजनालाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ।













