जेन जी आन्दोलनको दावीलाई उच्च प्राथमिकतामा राखेर भुक्तानी गर्दै युनाइटेड अजोड इन्स्योरेन्स

१२ आश्विन २०८२, आईतवार १०:५८

काठमाडौँ । ‘युनाइटेड बाइ ट्रस्ट’ भन्ने स्लोगन बोकेर अघि बढिरहेको युनाइटेड अजोड इन्स्योरेन्स केवल एउटा बीमा कम्पनी मात्र नभई बीमितलाई कठिन अवस्थामा साथ दिने विश्वस्त सारथीको रूपमा स्थापित हुँदै गएको छ । विश्वास, सेवा र प्रतिबद्धताले कम्पनीलाई नेपाली बीमा बजारमा विशेष स्थान दिलाएको छ । बीमा भन्ने शब्द सामान्य नागरिकका लागि अझै पनि अपरिचित, कहिलेकाँही झन्झटिलो र कहिलेकाँही मात्र कागजी प्रक्रिया जस्तो लाग्ने गर्छ । तर युनाइटेड अजोडले यही भ्रमलाई तोड्दै बीमालाई जनमैत्री, सहज र विश्वसनीय बनाउँदै ल्याएको छ ।

राजधानीको सुन्धारास्थित कर्पोरेट कार्यालयबाट आफ्नो सेवा सञ्चालन गरिरहेको कम्पनी युनाइटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्सको सफल एकीकरणबाट जन्मिएको हो । दुई फरक नाम, फरक इतिहास र फरक यात्रा बोकेका कम्पनीहरूले जब आफ्नो शक्ति, दक्षता र अनुभवलाई एउटै ढाँचामा पगालेर अघि बढाए त्यसैबाट ‘युनाइटेड अजोड’ को पहिचान बनेको हो । यो एकीकरण केवल औपचारिक प्रक्रिया मात्र नभई नेपाली बीमा उद्योगलाई नयाँ दिशा दिने ऐतिहासिक कदम पनि साबित भएको छ ।

ग्राहकको सुरक्षित भविष्यलाई आफ्नो सर्वोच्च ध्येय मान्ने यो कम्पनी अहिले देशभर ११० भन्दा बढी शाखा कार्यालय मार्फत् सेवा पुर्याइरहेको छ । ५०० भन्दा बढी सीपयुक्त र अनुभवी जनशक्तिहरूले दिनरात ग्राहकलाई सहज र गुणस्तरीय बीमा सेवा उपलब्ध गराइरहेका छन् । बीमा भनेको केवल प्रिमियम तिरेर पोलिसी हातमा राख्ने कागज मात्र होइन कठिन समयमा जीवनलाई सहज बनाउन सक्ने भरोसा हो भन्ने कुरा कम्पनीले बारम्बार व्यवहारमै सिद्ध गरिरहेको छ ।

नेपालका अग्रणी उद्योगपति, व्यापारी, वाणिज्यिक घराना तथा हजारौं साधारण ग्राहकहरूको विश्वास जित्दै युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले तीन दशकभन्दा लामो यात्रामा आफूलाई मजबुत बनाइसकेको छ । ‘युनाइटेड बाइ ट्रस्ट’ भन्ने सेवामूलक नारा केवल कागजमा लेखिएको वाक्य होइन व्यवहारमै जीवन्त बनाइएको दर्शन हो । सजिलो दाबी भुक्तानी, ३६५ दिन गुणस्तरीय सेवा, राष्ट्रिय र अन्तर्राष्ट्रिय पुनर्बीमा कम्पनीहरूसँगको सहकार्य यी सबैले कम्पनीलाई प्रतिस्पर्धी बजारमा अझै अग्रपंक्तिमा उभ्याएको छ ।

बीमा सेवा असुरक्षाको घडीमा सुरक्षा दिने मानवीय भावना हो । त्यसैले यस कम्पनीले सम्पत्ति बीमा, मोटर बीमा, म्यारिन बीमा, विविध बीमा जस्ता सेवाहरूलाई निरन्तर परिष्कृत गर्दै आइरहेको छ । जीवनमा जुनसुकै दुर्घटना, जोखिम वा अनिश्चितता आइपरे तापनि बीमितको हात समात्ने उदार मनोभाव कम्पनीको पहिचान बनेको छ ।

यही भावना झल्किएको छ हालैको जेन जी आन्दोलनपछि देखिएको सक्रियतामा । भदौ २४ गते भएको उक्त आन्दोलनले काठमाडौंदेखि देशभर निजी सम्पत्तिमा आगजनी, तोडफोड र क्षतिको डरलाग्दो तस्वीर खिच्यो । सामान्य नागरिकदेखि व्यवसायी, साना पसलदेखि ठूलो उद्योग सबै प्रभावित भए । आक्रोशले भरिएको सडक आन्दोलनले धेरैलाई असुरक्षित बनायो अनि धेरै बीमितहरू कम्पनीको दैलोमा दाबी माग्दै आए । यिनै कठिन घडीमा युनाइटेड अजोडले आफ्नो प्रतिबद्धता देखायो ।

ग्राहकलाई ढाडस दिने उद्देश्यले कम्पनीले तत्काल विज्ञप्ति जारी ग-यो । प्रभावित सम्पत्ति तथा जनधनमा भएको क्षतिको विवरण तुरुन्तै बुझाउन ग्राहकलाई अनुरोध गरियो । बीमा दाबी प्रक्रियालाई सहज बनाउन कर्मचारीहरूसँग प्रत्यक्ष सम्पर्क गर्न सकिने व्यवस्था गरियो । कर्मचारीको फोन नम्बर सार्वजनिक गर्दै कम्पनीले ‘हामी तपाईंको साथमा छौं’ भन्ने अनुभूति दिलायो । बीमा भन्ने शब्द धेरैका लागि कागजी झन्झट हो भन्ने धारणा तोड्दै कम्पनीले व्यावहारिक उदाहरण प्रस्तुत ग-यो ।

कम्पनीको क्षतिको विवरण सन्तोष लामिछाने (९८५१०४६९३१), विकास चौधरी ( ९८६००९०२००), निकेश महार्जन (९८४१५९६६८५), बिनिता खड्का (९८४२५७९२५८) र निला श्रेष्ठ (९८५११७९०१२) मार्फत संकलन गरिरहेको हो ।

असोज ८ गतेसम्ममा कम्पनीमा २०५ वटा दाबी परेको थियो । ती दाबीहरूको प्रारम्भिक मूल्यांकन अनुसार करिब ५३ करोड २० लाख १४ हजार रुपैयाँ बराबरको क्षतिको विवरण आएको छ । दाबीप्रति कम्पनीको व्यवहार झनै उल्लेखनीय रह्यो । सामान्यतया बीमा कम्पनीहरू दाबी भुक्तानीलाई ढिलो गर्ने, प्रक्रिया लम्ब्याउने वा कागजपत्रका बहानामा ग्राहकलाई अल्झाउने गरेको गुनासो सुन्न पाइन्छ । तर युनाइटेड अजोडले उल्टै यथाशीघ्र भुक्तानी प्रक्रिया अघि बढाइसकेको छ । जसले स्पष्ट गर्छ कि कम्पनीको प्राथमिकता नाफा होइन बीमितको राहत र हित नै हो ।

कम्पनीले दाबी भुक्तानी सजिलो बनाउन विभिन्न कदम चालिरहेको छ । शाखा कार्यालयमार्फत दाबी संकलनलाई तीव्रता दिइएको छ । कर्मचारीलाई बीमितसँग प्रत्यक्ष सम्पर्कमा रहन निर्देश गरिएको छ । अनलाइनमार्फत पनि विवरण बुझाउन सकिने व्यवस्था गरिएको छ । यी सबै उपायहरूले ग्राहकलाई राहत पाउने प्रक्रियामा सहजता दिएको छ । यस्तो कदमले बीमा सेवा जनमैत्री मात्र होइन ग्राहकमैत्री बनाउन मद्दत गरेको छ ।

बीमा बजारमा प्रतिस्पर्धा तीव्र छ तर वास्तविक प्रतिस्पर्धा भने केवल संख्यामा होइन सेवामा हो । दाबी भुक्तानीको छिटो र सजिलो व्यवस्था नै कम्पनीको बलियो पक्ष बन्न पुग्छ । यस दृष्टिकोणले हेर्दा युनाइटेड अजोडले बीमितलाई दिएको प्राथमिकता र सेवा निरन्तरता अन्य कम्पनीका लागि उदाहरण बन्न सक्छ ।

आजको नेपालमा बीमा अझै पनि सबै जनतामा पुग्न सकेको छैन । ग्रामीण भेगका धेरै नागरिकले बीमा सेवा लिन सकिरहेका छैनन् यद्यपि युनाइटेड अजोडले शाखा विस्तारमार्फत दुरदराजसम्म पुग्ने प्रयास गरिरहेको छ । बीमा उद्योगमा पारदर्शिता, द्रुत सेवा र दाबी भुक्तानीमा जिम्मेवारी देखाउने हो भने मात्र ग्राहकको विश्वास जित्न सकिन्छ । यही सूत्रलाई आत्मसात गरेर युनाइटेड अजोडले आफ्नो बाटो अघि बढाएको छ । जेन जी आन्दोलन जस्तो अप्रत्याशित घटना कसैको चाहनामा नआए पनि यसले कम्पनीको असली क्षमताको परीक्षण गर्यो । यस परीक्षणमा कम्पनीले उत्कृष्ट प्रदर्शन गर्यो बीमितसँगको सम्बन्धलाई अझ मजबुत बनायो ।

आज धेरैले बुझ्न थालेका छन् बीमा पोलिसी भनेको केवल एउटा कागज होइन संकटमा थाम्ने हात हो र यस सन्देशलाई व्यवहारमै देखाउने अग्रपंक्तिमा युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी उभिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*