अझै खुलेन कोशी राजमार्ग र नेपाल–चीन नाका जोड्ने पुल
१२ आश्विन २०८२, आईतवार १२:३८

काठमाडौं । कोशी राजमार्ग र नेपाल–चीन नाका जोड्ने पुल विगत कैयौं दिनदेखि अवरुद्ध हुँदा पनि अझैसम्म खुल्न सकेको छैन।
आज फूलपातीको अघिल्लो दिन भइसक्दा समेत कोशी राजमार्ग र नेपाल चीन नाका जोड्ने पुल अविरल वर्षा र बाढीका कारण खुल्न नसकेका हुन्। यसबीचमा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सहित कयौं राजमार्ग अवरुद्ध हुँदा ती सबै खुलिसकेका छन्।
यता कोशी राजमार्ग र नेपाल चीन नाका जोड्ने पुल भने करीब ९ दिनदेखि लगातार रूपमा अवरुद्ध रहँदै आएको छ। दशैंमा यात्रुहरूले सास्ती खेप्दै यात्रा गरिरहेका छन्।














