पूर्वराजा शाहबाट विजया दशमीको शुभकामना, अब ‘बिगार्ने होइन, सपार्ने’ तिर लाग्न जोड

१२ आश्विन २०८२, आईतवार १३:५२

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले २०८२ सालको विजया दशमीको उपलक्ष्यमा नेपाली जनतालाई शुभकामना सन्देश दिँदै राष्ट्रियताको रक्षा, सुशासन र देशको नवनिर्माणमा जोड दिएका छन्। शरद ऋतुको प्रारम्भसँगै आएको यस पर्वको अवसरमा उनले स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति र समृद्धिका लागि कामना गरेका छन्।

उनको सन्देशमा पूर्वजहरूको त्याग र बलिदानबाट प्राप्त नेपालको एकता, अखण्डता, सार्वभौमिकता र सम्प्रभुता नै राष्ट्रको अस्तित्व र गौरवशाली संस्कृतिको मेरुदण्ड भएको कुरा स्मरण गराइएको छ।

पूर्वराजा शाहले नेपालले कुनै पनि परनिर्भरता वा भूराजनीतिक चक्रव्यूहमा नफसी आफ्नो बाटो आफैँ तय गर्ने सामर्थ्य राख्दै अखण्ड नेपालको नवनिर्माण गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। उनले देशको राज्य पद्धति र गतिशील व्यवस्थापनको प्रबन्धमा जन मनोभावनाको ख्याल राखेर समयसापेक्ष सुधार गर्नुपर्नेमा जोड दिएका छन्।

पछिल्लो समय देश र जनताको हितका खातिर गहिरो चिन्ता व्यक्त गर्दै उनले विगतमा ‘बिगार्ने, भत्काउने, जलाउने’ तिर धेरै काम भएको भन्दै अब ‘बिगार्ने होइन, सपार्ने’ तिर आफ्ना कार्यक्रमहरू अघि बढ्नुपर्ने आह्वान गरेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*