बाणिज्य विभागद्वारा डेढसय व्यापारिक प्रतिष्ठानबाट ९३ लाख जरिवाना

१३ आश्विन २०८२, सोमबार १२:०२

काठमाडौं । बाणिज्य विभागले चालु आर्थिक वर्षको दुई महिनाको अवधीमा १ सय ५४ व्यापारिक प्रतिष्ठानबाट ९२ हजार ८० हजार रुपैयाँ जरिवाना गरेको छ ।

विभागका अनुगमन निर्देशक अमित झाका अनुसार गत् साउन १ गतेदेखि असोज ११ गतेसम्ममा ८ सय २२ पटक अनुगमन गरिएको थियो । यसमध्ये १५४ व्यापारिक प्रतिष्ठानमा कैफियत भेटिएपछि जरिवाना गरिएको हो ।

विभागका अनुसार विभिन्न प्रकारका कन्सलटेन्सी, खाद्य वस्तु, रेडिमेड तथा थान कपडा पसल, अटो पार्टस्, कस्मेटिक, होटल तथा रेष्टुँरा, फर्निचर, जुत्ता चप्पल, इलेक्ट्रिक, डेरी, डिपार्टमेन्ट स्टोर, स्कूल तथा कलेजबाट बडी जरिवाना गराइएको छ ।

जसअनुसार कन्सलटेन्सीबाट ३१ लाख ७० हजार, अन्यबाट १४ लाख ९७ हजार, खाद्य वस्तु प्रतिष्ठानबाट १० लाख ८८ हजार, रेडिमेड कपडा पसलबाट ४ लाख १७ हजार, अटो पार्ट्सबाट ३ लाख ३५ हजार, होटेल तथा रेष्टुँरा ४ लाख ८१ हजार, फर्निचरबाट ३ लाख २३ हजार, स्कूल तथा कलेजबाट २ लाख ५५ हजार, डेरीबाट २ लाख २५ हजारर इलेक्ट्रिकबाट २ लाख २५ हजार रुपैयाँ जरिवाना गराइएको छ ।

अनुगमनको क्रममा ५५ हजार रुपैयाँबराबरको गुणस्तरहिन सामाग्री नष्ट गरिएको अनुगमन निर्देशक झाले जानकारी दिएका छन् । विभागले नियमित अनुगमन बाहेक चाडवाड केन्द्रित हुने गरी ६ वटा संयुक्त अनुगमन टोली परिचालन गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*