सिन्धुलीमा भ्यान दुर्घटना हुदाँ १३ जना घाइते

१३ आश्विन २०८२, सोमबार १४:०९

काठमाडौं । काठमाडौंबाट सिन्धुलीको गोलन्जर जाँदै गरेको बलेरो पिकअप दुर्घटना हुँदा चालक सहित १३ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सेवेदीका अनुसार सुनकोशी गाउँपालिका ६ मरिण डाईभर्सन नजिकै बा २० च ९३१ नम्बरको बलेरो पिकअप बीपी राजमार्गबाट सुनकोसी नदिमा खस्दा चालक सहित १३ जना घाइते भएको जानकारी दिए । पिकअपमा १९ जना यात्रु सवार थिए ।

घाइतेको सुनकोसी सामुदायिक अस्पताल खुर्कोटमा उपचार भैरहेको छ । घाइतेहरूको इलाका प्रहरी कार्यालय खुर्कोटबाट खटिएको प्रहरी तथा ससस्त्रको गोताखोर टोलीले उद्धार गरेको थियो । दुर्घटनामा घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ भने ४ जनाको अवस्था मध्यम तथा अन्यको सामान्य रहेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार घाइते हुनेहरूमा गोलन्जर गाउँपालिकाका २३ वर्षीया प्रेम मगरको टाँउकोमा चोट लागेको छ । उनको अवस्था गम्भिर रहेको प्रहरीको भनाइ छ । घाइते सबै एकै वडाका परिवारभित्रका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*