बैंक अफ काठमाण्डूका ग्राहकले काठमाण्डौ गेस्ट हाउसमा छुट पाउने

८ कार्तिक २०७८, सोमबार ११:०७

काठमाडौं । बैंक अफ काठमाण्डू र काठमाण्डौ गेस्ट हाउसबीच बैंकबीच सम्झौता भएको छ।बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकलाई कला संग्रहालयको प्रवेश शुल्कमा ५० प्रतिशत र अन्य सेवा तथा सुबिधाहरुमा १५ प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ।

यस सम्झौतापश्चात बैंकका ग्राहकले काठमाण्डौ गेस्ट हाउसको म्युजियम अफ नेपाली आर्टस प्रवेशमा शुल्कमा ५०५ छुट पाउनेछन्। यसका साथै काठमाण्डौ गेस्ट हाउस समूहअन्तर्गत विभिन्न ७ स्थान काठमाण्डौ गेस्ट हाउस, ठमेल, माया मानोर बुटिक होटल, हात्तीसार, पार्क भिलेज रिसोर्ट, बुढानिलकण्ठ, मारुनी लज, चितवन, हिमालयन फ्रन्ट भ्यू होटल, पोखरा, वाटरफ्रन्ट रिसोर्ट, पोखरा तथा बुद्धमाया गार्डेन, लुम्बिनीमा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एकमुष्ठ १५५ छुट पाउनेछन्। उक्त छुटको उपयोग गर्नका लागि ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*