१३ जीवन बीमा कम्पनीको औसत लाभांश क्षमता १४ प्रतिशत, कसको कति ?

२७ कार्तिक २०८३, शुक्रबार १७:३१

काठमाडौं। सेयर बजारमा सूचीकृत १३ जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०८२र८३ को मुनाफाबाट हालसम्म लाभांश घोषणा गरेका छैनन्।

लघुबाहेकका यी जीवन बीमा कम्पनीहरूमध्ये कसको लाभांश दिनसक्ने क्षमता कति छ भन्ने विषयमा लगानीकर्ताको चासो बढेको छ।

कम्पनीहरूले सार्वजनिक गरेको वित्तीय विवरणका आधारमा १३ जीवन बीमा कम्पनीको औसत लाभांश वितरण क्षमता करिब १४ प्रतिशत देखिएको छ।

सिटिजन्स लाइफबाहेक अन्य १२ कम्पनीले आफ्नो वितरणयोग्य आम्दानीको विवरण सार्वजनिक गरेका छन्।

सिटिजन्स लाइफको हकमा भने सञ्चित आम्दानीका आधारमा करिब ९ प्रतिशतभन्दा केही बढी लाभांश दिन सक्ने सम्भावना देखिन्छ।

कसरी तय हुन्छ जीवन बीमा कम्पनीको लाभांश ?
जीवन बीमा व्यवसायको प्रकृति अन्य क्षेत्रभन्दा फरक हुने भएकाले यसको लाभांश गणना प्रक्रिया पनि विशिष्ट हुन्छः

बीमाङ्कीय मूल्यांकन जीवन बीमा लेखको दायित्व एकै वर्षमा समाप्त नहुने भएकाले एक्चुअरी मूल्यांकनपछि मात्र बाँड्न योग्य वास्तविक रकम निस्कन्छ। पहिले तीन–तीन वर्षमा गरिने यस्तो मूल्यांकन पछिल्ला वर्षहरूमा हरेक वर्ष गर्ने व्यवस्था गरिएको छ।

बचतको बाँडफाँट एक्चुअरी मूल्यांकनपछि बीमितलाई भविष्यमा भुक्तानी गर्नुपर्ने दायित्व कटाएर बाँकी रहने रकमलाई बचतका रूपमा गणना गरिन्छ। नेपाल बीमा प्राधिकरणको व्यवस्थाअनुसार यस्तो बचतको कम्तीमा ९० प्रतिशत रकम बीमितको बोनसका लागि छुट्याउनुपर्छ भने बढीमा १० प्रतिशत रकम मात्र सेयरधनी कोषमा सार्न सकिन्छ ९सबै बीमालेखमा यो व्यवस्था लागू नहुन सक्छ।

नियामकीय सर्त सेयरधनी कोषमा रकम सर्दैमा स्वतः लाभांश बाँड्न पाइँदैन। लाभांश घोषणा गर्न कम्पनीको वास्तविक वित्तीय अवस्था, पुँजी पर्याप्तता र नेपाल बीमा प्राधिकरणले तोकेका अन्य कानुनी सर्तहरू समेत पूरा हुनुपर्छ।

पत्रपत्रिकामा प्रकाशित हुने संक्षिप्त वित्तीय विवरणमा वितरणयोग्य रकम स्पष्ट नखुल्ने भए पनि पछिल्लो समय कम्पनीहरूले वेबसाइटमा राख्ने त्रैमासिक विवरणमा वितरणयोग्य मुनाफा खुलाउन थालेका छन्। तर, वित्तीय विवरणमा देखिएको यो क्षमता नै कम्पनीले घोषणा गर्ने अन्तिम लाभांश दर भने होइन।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*