नेपाल हाइड्रो डेभलपरको लाभांश घोषणा

१ मंसिर २०८३, मंगलवार १०:११

काठमाडौं । नेपाल हाइड्रो डेभलपर लिमिटेडले आफ्ना शेयरधनीलाई १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले बोनस शेयरको कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांशसमेत दिने प्रस्ताव गरेको छ।

कम्पनीको कात्तिक २९ गते अपराह्न ५ बजे बसेको सञ्चालक समितिको १००औं बैठकले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावअनुसार शेयरधनीले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश पाउनेछन्। यसरी कम्पनीले कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

कम्पनीले प्रस्ताव गरेको लाभांश वितरणका लागि विद्युत् नियमन आयोगको स्वीकृति र कम्पनीको २०औँ वार्षिक साधारण सभाबाट पारित हुनुपर्नेछ। दुवै प्रक्रिया पूरा भएपछि मात्र शेयरधनीलाई प्रस्तावित लाभांश वितरण गरिने कम्पनीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*