झापामा यात्रुवहाक बस दुर्घटना, दर्जन बढी यात्रु घाइते

१६ आश्विन २०८२, बिहीबार १०:३७

काठमाडौं । झापाको बिर्तामोड–६ बुट्टावारीस्थित पूर्वपश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना भएको छ।

केहीबेरअघि पश्चिमबाट काँकडभिट्टातर्फ जाँदै गरेको सगरमाथा यातायातको प्रदेश १–०१–००१ ख४४५९ नम्बरको बस अनियन्त्रित भएर पल्टिएको हो।

बस पल्टिदा दर्जन बढी यात्रु घाइते भएका छन्। घाइतेको एकीन विवरण भने प्राप्त भइसकेको छैन। घाइतेहरूलाई उद्धार गरी अस्पतालतर्फ पठाउँदै गरेको घटनास्थलमा खटिएका ट्राफिक प्रहरीले बताएका छन्।

थप विवरण आउन बाँकी छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*