धनगढी उपमहानगरपालिकाको उत्कृष्ट कार्य, दशैंको टीका लगाउने ४०४ जनाले पाए निःशुल्क यातायात सेवा

काठमाडौं । धनगढी उपमहानगरपालिकाले बडा दशैंको टीका लगाउन जाने व्यक्तिहरूलाई विजया दशमीको दिन निःशुल्क यातायात सेवा प्रदान गरेको छ।
नगर प्रहरीले हिजो बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म निस्शुल्क यातायात सेवा प्रदान गरेको थियो। टीका लगाउन जाने ४०४ जनालाई निस्शुल्क यातायात सेवा प्रदान गरिएको उपमहानगरले जनाएको छ।
नेपालीहरूको महान चाड विजया दशमीको अवसरमा सवारी साधन नपाउने समस्यालाई मध्यनजर गरेर नगर प्रहरी मार्फत निःशुल्क यातायात सेवा दिइएको थियो। नगर प्रहरीले टीका ग्रहण गर्न जानेहरूलाई धनगढी उपमहानगरपालिका क्षेत्र भित्र निःशुल्क यातायात सेवा प्रदान गरेको थियो।
बडा दशैंको दिन गन्तव्यमा पुगी टीका ग्रहण गर्न समस्या नहोस् भनेर नगर प्रहरीले ९ वटा मोटरसाइकल, एक नगर प्रहरीको भ्यान र धनगढी उपमहानगरपालिकाको विशेषज्ञ वडा क्लिनिकको गाडी मार्फत यातायात सेवा प्रदान गरेको थियो। नगर प्रहरीले धनगढीको १९ वटै वडामा निस्शुल्क यातायात सेवा प्रदान गरेको हो।













