आजबाट पानी पर्न कम हुने, मौषम विभागले जारी गरेको सूचनामा के छ ?

काठमाडौं । गत शुक्रबार रातिदेखि परेको अविरल बर्षा आजबाट कम हुँदै जाने देखिएको छ । यद्यपि मौषम विभान विभागले आज विहान बदली भई पानी पार्ने जनाएको छ ।
जल तथा मौषम विज्ञान विभागका अनुसार आज दिउँसो मौषममा सामान्य बदली भई पानी पर्न सक्ने जनाएको छ । पूर्वी क्षेत्रमा पानी पार्न कम हुने र बागमति र तराईका जिल्लाहरुमा अझै पानी पर्न सक्ने जनाइएको छ ।

जल तथा मौषम विज्ञान विभागले भोलि विहानसम्म अझै उच्च जोखिम रहेको जनाएको छ । विभागका अनुसार पश्चिमी क्षेत्रमा भने जोखिम नरहेको समेत जनाएको छ । साथै पूर्वी जिल्लाहरु झापा, पाँचथरलाई उच्च जोखिममा राखिएको जनाएको छ ।

हेरौं मौषम विभागको सूचनाः
आइतबार) बिहान ०६:०० बजे
आज दिउँसो
दिउँसोः कोशी प्रदेशr र मधेश प्रदेशका अधिकांश स्थाहरुमा पु्र्ण बदली रही बागमती प्रदेश, लु्म्विनी प्रदेशमा साधारणतया बदली र बाँकी भू-भागहरुमा आँशीक बदली रहेने छ। कोशी प्रदेश र मधेश प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र मधेश प्रदेशका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आज राती
रातीः कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेशका लगायत देशका पहाडी भू-भागका केही स्थानहरू र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा सम्भावना रहेको छ।
Meteorological Analysis
हाल देशभर बंगालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायूको) प्रभाव रहेको छ।













