यात्रा गर्नुअघि हेरौं राजमार्गको अवस्था (सूचीसहित)
२० आश्विन २०८२, सोमबार ०९:०२

काठमाडौं । नेपाल प्रहरीका अनुसार आज बिहानसम्म अधिकांश राजमार्ग वर्षा र बाढी–पहिरोका कारण अवरुद्ध रहेका छन्।
पूर्वको मेची राजमार्गदेखि मध्यपहाडी, बीपी राजमार्ग पूर्ण रूपमा बन्द छन् भने मदन भण्डारी राजमार्ग एकतर्फी खुला गरिएको छ।
कोशी, सिद्धिचरण, मेची, मध्यपहाडी, पासाङ ल्हामू सडक, अरनिको राजमार्ग, कान्ति लोकपथ, दक्षिणकाली काठमाडौं सडकखण्ड पनि अवरुद्ध रहेको प्रहरीले जानकारी दिएको छ।














