नेपालबाट बाहिरिएको मनसुनले दार्जिलिङमा बितण्डा, २८ जनाको मृत्यु
२० आश्विन २०८२, सोमबार १४:५१

काठमाडौं । नेपालबाट बाहिरिएको मनसुनले दार्जिलिङमा ठूलो धनजनको क्षति पुर्याएको छ । विभिन्न इलाकाका प्रहरी चौकीबाट प्राप्त विवरणअनुसार हालसम्म कुल २८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
टाइम्स अफ इण्डियाका अनुसार दार्जिलिङको बाढी पहिरोमा परी हालसम्म २८ जनाको मृत्यु भएको र कैयौ बेपत्ता भएका छन् ।
दार्जिलिङको मिरिक प्रहरी चौकी क्षेत्रमा सबैभन्दा बढी मानवीय क्षति भएको छ । उक्त घटनामा भारतका प्रधानमन्त्री, राष्ट्रपति र गृहमन्त्रीले मृत्युमाथि गहिरो शोक व्यक्त गरेर शन्देश जारी गरेका छन् ।













