७ सहसचिवको सरुवा, को कहाँ पुगे ?

२० आश्विन २०८२, सोमबार १६:५१

काठमाडौं । सरकारले ७ जना सहसचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद्को बैठकले (राजपत्राङ्कित प्रथम श्रेणी) सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो ।

असोज १२ गते बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूको सरुवा गरे पनि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार सूचना प्रकाशित गरी उक्त निर्णय सार्वजनिक गरेको हो ।

मन्त्रालयका अनुसार सङ्घीय मामिलाका सहसचिव रुद्रसिंह तामाङ ऊर्जा जलश्रोत तथा सिँचाइ, ऊर्जा जलश्रोत तथा सिँचाइका शम्भुप्रसाद मरासिनी उद्योग वाणिज्य तथा आपूर्ति, सञ्चार मन्त्रालयका गजेन्द्र ठाकुर अर्थ मन्त्रालयमा सरुवा भएको छ ।

साथै, राष्ट्रिय योजना आयोगका जीवलाल भुसाल कृषि, सङ्घीय मामिलाका छवीन्द्र पराजुली सञ्चार तथा सूचना प्रविधि, गृह मन्त्रालयका छविलाल रिजाल सङ्घीय मामिला र गृहकै तीर्थराज भट्टराई सङ्घीय मामिलामा सरुवा भएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*