यात्रा गर्नुअघि हेरौं राजमार्गको पछिल्लो अवस्था (सूचीसहित)

२१ आश्विन २०८२, मंगलवार ०९:४१

काठमाडौं । आज असोज २१ गते बिहान ९ बजेसम्म कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको नेपाल प्रहरीले जनाएको छ।

कोशी राजमार्ग अन्तर्गत संखुवासभाको वरुणखोला र एकुवामा अविरल वर्षाका कारण बाटो अवरुद्ध रहेको प्रहरीले जनाएको हो।

त्यसैगरी कान्तिलोकपथ पनि ललितपुरको तिनपाने र टीकाभैरवको बीचमा पहिरो खसेको कारण पूर्ण रूपमा अवरुद्ध छ भने कान्ति लोकपथ सडकको मकवानपुरको वगुवा खोला र घट्टेपाखामा अवरुद्ध सडक एकतर्फी सुचारु भएको छ।

यता सिन्धुलीको नेपालथोकमा र काभ्रेको विभिन्न स्थानमा पहिरो खस्दा बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ भने रसुवामा बाढी र पहिरोका कारण पासाङ ल्हामु सडक खण्ड पूर्ण रूपमा अवरुद्ध रहेको छ।

ईलामको विभिन्न स्थानमा आएको अविरल वर्षाका कारण मेची राजमार्ग र भोजपुरमा खसेको पहिरोका कारण मध्य पहाडी लोक मार्ग पनि पूर्ण रूपमा अवरुद्ध रहेको नेपाल प्रहरीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*