ताप्लेजुङमा जिप पल्टियो, २ जना घाइते
२१ आश्विन २०८२, मंगलवार ११:५७

काठमाडौं । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका हाङपाङको लाफाचोक नजिकको सडकमा जिप पल्टिंदा २ जना घाइते भएका छन्।
मे १ ज २५१९ नम्बरको उक्त जिपमा कुल १० जना यात्रु सवार थिए। सो जिप आठराई त्रिवेणी गाउँपालिका–१ निघुरादिनबाट फुङलिङतर्फ आउँदै गर्दा पल्टिएको हो।
दुर्घटनामा परेर जिपमा सवार रन्जिता वनेम र सबना श्रेष्ठ घाइते भएका हुन्। चालक सहित अन्य यात्रु भने सकुशल रहेका छन्। घाइते दुवै जनालाई उद्धार गरी उपचारको लागि अस्पताल पठाइएको छ।













