हालैको वर्षाले पुर्याएको क्षतिको दाबीका लागि यूनाइटेड अजोडले तोक्यो सम्पर्क व्यक्ति

२१ आश्विन २०८२, मंगलवार १३:१४

काठमाडौं । असोज १८ र १९ गतेको अविरल वर्षाका कारण उत्पन्न क्षति बापतको दाबी भुक्तानीका लागि यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले सम्पर्क व्यक्ति तोकेको छ।

उक्त अविरल वर्षाले देशभरका विभिन्न स्थानमा उत्पन्न बाढी तथा पहिरोले ठूलो मानवीय र भौतिक क्षति भएको छ। त्यस्तो क्षति बापतको दाबीका लागि कम्पनीले सम्पर्क व्यक्ति तोकेको हो।

अप्ठेरो परिस्थितिमा बीमितहरूलाई कम्पनी बीमितहरूको साथैमा रहेको अनुभूति दिलाउन सम्पर्क व्यक्ति तोकेर बीमितलाई बीमा दाबी प्रक्रियामा सरलता प्रदान गर्न यस्तो कदम चालिएको कम्पनीले जनाएको छ। कम्पनीले जोखिमांकन, मार्केटिङ र बीमा दाबीका लागि क्रमशः टोपेन्द्र कटे, डोरिन्द्र राज दाहाल र सञ्जय स.ज.ब. रानाको सम्पर्क नम्बर उपलब्ध गराएको छ।

त्यसैगरी सातै वटा प्रदेशका लागि पनि सम्पर्क व्यक्ति तोकेर सम्पर्क नम्बर सार्वजनिक गरेको छ। कम्पनीले कोशी प्रदेशका लागि केदार बहादुर खत्री, मधेशका लागि धिरज कुमार शर्मा, बागमतीका लागि अकुर रिमाल, गण्डकीका लागि गोपाल प्रसाद पौडेल, लुम्बिनीका लागि भगवती रेग्मी, कर्णालीका लागि रवि ढकाल र सुदूरपश्चिम प्रदेशका लागि राकेश कर्माचार्यलाई सम्पर्क व्यक्ति तोकेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*