बाढी पहिरोको बीमा दावी भुक्तानी तीव्र बनाउन नेपाल बीमक संघको आग्रह 

२२ आश्विन २०८२, बुधबार १२:४२

काठमाडौं । नेपाल बीमक संघले हालसालै देशका विभिन्न क्षेत्रमा परेको अविरल वर्षाले पुर्याएको क्षतिमा सक्दो चाँडो दावी भुक्तानी उपलब्ध गराउन आग्रह गरेको छ ।

संघले अबिरल बर्षाको कारणले आएको बाढी तथा पहिरोले पुर्याएका क्षतिको जानकारी गर्नको लागि सम्पूर्ण बीमित तथा ग्राहकहरुलाई आ–आफ्नो सम्बन्धित बीमा कम्पनीमा सम्पर्क गर्न आग्रह गरेको छ ।

अबिरल बर्षाको कारणले आएको बाढी तथा पहिरोले पुर्याएको मानविय क्षति लगायत व्यक्तिगत तथा सार्वजनिक धन–सम्पत्तिमा भएको क्षति प्रति नेपाल बीमक संघ गहिरो दुःख व्यक्त गरेको छ ।

नेपाल बीमक संघले बीमा दावी सम्बन्धि बिषयमा थप जानकारी तथा समन्वय आवश्यक भएमा सचिवालयकी कर्मचारी कल्पना निरौला सम्पर्क गर्न समेत आग्रह गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*