नव नियुक्त सरकारी कर्मचारीलाई सावधिक जीवन बीमाको प्रिमियम समयमै बुझाउन आग्रह

२२ आश्विन २०८२, बुधबार १७:२१

काठमाडौं । नागरिक लगानी कोषले नवनियुक्त सरकारी कर्मचारीहरुलाई जीवन बीमाको लागि अपुग रकम समयमै बुझाउन आग्रह गरेको छ ।

कोषले एक सार्वजनिक सूचना जारी गर्दै एक आर्थिक वर्षमा नयाँ नियुक्त कर्मचारीले आर्थिक वर्षमै नपुग बीमा प्रिमियम रकम कार्यालयमार्फत कोषमा एकमुष्ट जम्मा गर्न सकिने जनाएको हो ।

कोषले बीमा प्रिमियम रकम नपुगुञ्जेलसम्म बीमा नहुने स्पष्ट पारेको छ । नागरिक लगानी कोषले बीमा कोष सञ्चालन कार्यविधि, २०७५ अनुसार राष्ट्रिय बीमा संस्थानमा बीमा रकम पठाउँदै सावधिक जीवन बिमा कोष सञ्चालन गर्दै आएको छ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*