चार महीनादेखि तलब नदिएको भन्दै शिक्षकद्वारा खडक नगरपालिकामा तालाबन्दी

२३ आश्विन २०८२, बिहीबार ०९:५१

काठमाडौं । चार महीनादेखि तलब नदिएको भन्दै शिक्षकहरूले सप्तरी जिल्लाको खडक नगरपालिकामा तालाबन्दी गरेका छन्।

चार महीनादेखि काम गरेको तलब नपाएको र भोको पेट काम गरिरहन नसक्ने बताउँदै बुधबार शिक्षकहरूले कल्याणपुरमा रहेको नगरपालिकामा ताला लगाइदिएका हुन्।

दशैंमा शिक्षक कर्मचारीलाई तलब खुवाउने कार्यापालिकाबाटै भएको निर्णय पनि कार्यान्वयन नभएको र शिक्षामन्त्री महाविर पुनले दिएको निर्देशन पनि अटेर गरेको भन्दै शिक्षहकरूले तालाबन्दी गरेका छन्।

चार महीनासम्म पनि तलब नदिएर भोको पेट काम गर्न बाध्य बनाएको र अझै पनि तलब दिने सुरसार आफूहरूले नदेखेपछि बाध्य भएर तालाबन्दी गर्नु परेको शिक्षकहरूले बताएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*