जेनजी आन्दोलनको बीमा दावी घट्न थाल्यो, नयाँ थपिँदा पनि कूल दावी २३ अर्ब मात्रै

२३ आश्विन २०८२, बिहीबार ११:०३

काठमाडौं । यही भदौं २४ गते देशैभरि घटेका आन्दोलनको क्रममा भएको भौतिक सम्पत्ति क्षतिको बीमा दावी पर्ने क्रम जारी छ । नेपाल बीमा प्राधिकरणका अनुसार यसअघि प्रकाशित बीमा दावीमा थुप्रै घटेर आउने क्रममा रहेको छ । साथै नयाँ समेत थपिने क्रम जारी छ ।

आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी रकम बुधबार (असोज २२ गते) सम्ममा सबै निर्जीवन बीमा कम्पनीमा गरी २३ अर्ब २२ करोड ८७ लाख पुगेको छ । प्राधिकरणले जनाएको छ । सो यसअघि प्राधिकरणले नै २३ अर्ब ३९ करोड रुपैयाँ रहेको थियो । सो रकममा थुप्रै नयाँ बीमा दावीहरु करोडौं रुपैयाँको थपिएका छन् ।

सुरुवाती चरणमा पुगेका बीमा दावीमा सर्भेयर पुगेर क्षति मूल्याङ्कनको क्रममा घटेर आउने क्रम सुरु भएको हो । यो निर्जीवन बीमाको दावी भुक्तानीको स्वभाविक प्रक्रिया हो । सुरुमा बीमितको दावी र सर्भेयर पुगेपछि हुने क्षति मूल्याङ्कनको क्रममा हेरफेर हुनेछ । बीमा कम्पनीहरुका अनुसार बीमा दावी रकममा घटेर आउन थालेको छ । पछिल्लो एक साताको बीचमा सर्भेयरहरु फिल्डमा पुगेर बीमा क्षति मूल्याङ्कन सुरुवात भएकोले दावी रकम घट्न थालेको हो ।

विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनी र चारवटा लघु निर्जीवन बीमा कम्पनीमा परेका कूल ३ हजार ९९ वटा बीमा दाबीको करिव २३ अर्ब २२ करोड ८७ लाख दाबी रकम रहेको तथ्यांक निर्जीवन बीमा कम्पनीहरूबाट प्राधिकरणमा अद्यावधिक गरिएको छ ।

बुधबारसम्ममा अग्रिम भुक्तानी समेत गरी हालसम्म जेनजी आन्दोलनमा पुगेको क्षति बापत एक अर्ब २९ करोड १९ लाख भुक्तानी भइसकेको बीमा प्राधिकरणले जनाएको छ ।

निर्जीवन बीमा कम्पनीहरूले क्षतिको सर्भे प्रतिवेदन तयारीका लागि बुधबारसम्ममा २ हजार ७०६ को संख्यामा सर्भेयर खटाएको र हालसम्ममा सर्भेयरहरूले ३७४ को संख्यामा सर्भे प्रतिवेदन पेश भइसकेको बीमा प्राधिकरणमा अद्यावधिक गरिएको तथ्याङ्कमा उल्लेख छ । पछिल्लो समय बीमा प्राधिकरणले बीमा दावी भुक्तानी छरितो बनाउन बीमा कम्पनीहरुलाई निर्देशन दिइसकेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*