गृहमन्त्री, आईजिपीसहितका सुरक्षा प्रमुखबीच छलफल, दुर्गा प्रसाईको प्रदर्शनबारे चर्चा
२३ आश्विन २०८२, बिहीबार १६:२९

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले तीनवटै सुरक्षा निकायसँग छलफल गरेका छन् । बैठकमा नेपाल प्रहरीका प्रमुख चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बल नेपालका प्रमुख राजु अर्याल र नेपाली सेनाका प्रतिनिधिहरु सहभागी थिए ।
छलफलमा पछिल्लो राजनीतिक घटनाक्रम र विपद् व्यवस्थापन सम्बन्धी जानकारी आदानप्रदान गरिएको स्रोतको भनाइ छ ।
यसअघि अर्यालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकलाई तत्काल पक्राउ गर्न प्रहरी प्रधानकार्यालयलाई पत्र पठाएसँगै सुरक्षा निकाय र सरकारबीच असमझदारी बढेको थियो ।
पछिल्लो समयको सुरक्षा चुनौतिलाई मध्यनजर गर्नुका साथै दुर्गा प्रसाईले गर्ने भनिएको प्रदर्शनकाबारे समेत चर्चा भएको बताइएको छ ।













