आज ७ जिल्लामा नदीको बहाव सामान्य बढ्ने
२४ आश्विन २०८२, शुक्रबार ०८:१८

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आज देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने पूर्वानुमान गरेको छ।
महाशाखाले ताप्लेजुङ, पाँचथर, संखुवासभा, सोलुखुम्बु, खोटाङ, भोजपुर, दार्चुला र आसपासका जिल्ला भई बहने स–साना नदीहरूको बहाव सामान्य बढ्ने जानकारी दिएको छ।
महाशाखाले भोलि र पर्सि (असोज २५ र २६ गते) पनि देशभरका अधिकांश नदीहरूमा जलसतह सामान्य रहने पूर्वानुमान गरेको छ।














