गोलभेंडा, काउली र हरियो धनियाँको भाउ ह्वात्तै बढ्यो

२४ आश्विन २०८२, शुक्रबार ०८:२८

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज असोज २४ गतेका लागि कृषि उपजको मूल्य सार्वजनिक गरेको छ।

जसअनुसार सानो लोकल गोलभेंडा ६२ प्रतिशतले बढेर ३४ रुपैयाँ प्रतिकिलो र टनेल गोलभेंडाको भाउ ३८ प्रतिशतले बढेर ४८ रुपैयाँ प्रतिकिलो औसत मूल्य कायम भएको छ।

त्यसैगरी स्थानीय काउलीको भाउ ३२ प्रतिशतले बढेर ७३ रुपैयाँ प्रतिकिलो पुग्दा तराई काउलीको भाउ ४४ प्रतिशतले बढेर ६५ रुपैयाँ प्रतिकिलो औसत मूल्य निर्धारण भएको छ।

यता तने बोडीको भाउ पनि ३४ प्रतिशतले बढेर १५० रुपैयाँ पुग्दा हरियो धनियाँको भाउ ३६ प्रतिशतले बढेर १२८ रुपैयाँ प्रतिकिलो पुगेको छ। त्यस्तै आज अम्बा, जिरीको साग, पालुगो साग, घिरौला, तीते करेला लगायतको भाउ बढेको छ।

हेर्नुहोस् हिजो र आजको प्रतिकिलो औसत मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*