औषधीको नाम ‘जेनेरिक’ मा क्यापिटल लेटरबाट लेख्न चिकित्सकलाई निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले चिकित्सकहरूलाई औषधीको नाम ‘जेनेरिक’ मा क्यापिटल लेटरबाट लेख्न निर्देशन दिएको छ।
मंगलबार शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. सुवास प्रसाद आचार्यले सबै चिकित्सकहरूलाई यस्तो निर्देशन दिएका हुन्।
सूचनामा ‘नेपाल सरकार तथा डीन कार्यालयबाट निर्देशित नियम अनुसार बिरामीलाई औषधी प्रेस्क्राइब जेनेरिक मा क्यापिटल लेटरमा गर्न जानकारी गराइन्छ।’ लेखिएको छ।
जेनेरिक नाम भन्नाले औषधीको वैज्ञानिक वा मुल नाम हो जुन संसारभर मान्य वा एकै किसिमको हुन्छ। चिकित्सकहरूले त्यसरी औषधीको वास्तविक नाम लेख्नुको सट्टा औषधीको ब्रान्ड वा रासायनिक नाम लेखेर प्रेस्क्रिब्सन दिंदै आएका थिए। त्यसरी लेखिएको प्रेस्क्रिब्सन सम्बन्धित मेडिकलले मात्रै बुझ्ने आरोप लाग्दै आएको थियो।
औषधीको मुल नाम क्यापिटल लेटरबाट लेख्दा बिरामीले पनि औषधी सजिलै चिन्न सक्नेछन्।













