खेती किसानीबाट सीमाको यूटर्न, सिटिजन लाइफ प्रवेशसँगै भरियो उत्साह (भिडियोसहित)

२७ आश्विन २०८२, सोमबार १४:२२

मानिसको जिन्दगीको यात्रा कहिल्यै सरल हुँदैन, सहज पनि हुँदैन र अनगिन्ती अप्ठ्यारा घुम्तीहरू मोडिंदै जीवनको लय अघि बढ्छ । जीवनको अत्यन्तै अफ्ठ्यारा घुम्तीहरू पार गर्दै यतिबेला सिटिजन लाइफ इन्स्योरेन्समा बीमा अभिकर्ताको रूपमा काम गरिरहेकी सीमा दंगालले संघर्षको राजमार्गमा आफ्ना पाइलाहरू अगाडि बढाइरहेकी छिन् ।

काभ्रे जिल्लाको पनौतीमा जन्मिएकी सीमा दंगाल यतिबेला सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा एजेन्सी म्यानेजरको रूपमा आवद्ध भएकी छिन् । सिटिजन लाइफको उत्कृष्ट बोनसदर, पर्याप्त तालिमबाट दीक्षित सीमा छोटो अवधिमै उत्कृष्ट एजेन्सी बन्न सफल भइसकेकी छिन् ।

मिठो बोलीबचन, नम्र व्यवहारसँगै वित्तीय क्षेत्रको पर्याप्त ज्ञानको उपयोगबाटै सीमाले सिटिजन लाइफमा आबद्ध भएको दुई वर्षमै लोभलाग्दो प्रगति गर्न सफल भएकी हुन् । गाउँघरमा छोराछोरी हुर्काउँदै खेती किसानीमा व्यस्त रहेकी उनी आजभोली जीवन बीमा गर्न निकै व्यस्त छिन् ।

खेती किसानी गरेर दैनिकि बिताइरेहकी सीमा दंगाललाई बीमा अभिकर्ता बन्दै गर्दा सफल होला कि नहोला भन्ने भित्री डर त थियो तर त्योभन्दा ठूलो आँट, विश्वास र सफल भएरै छोड्ने दृढता थियो । त्यही दृढताले आज उनलाई सिटिजन लाइफको व्यवसायिक तथा सफल एजेन्सी म्यानेजरको रूपमा सबैले चिनेका छन् ।

जीवनमा आइपरेका हजारौं बाधा, अड्चनलाई आत्मसात गर्दै यतिबेला सिटिजन लाइफ इन्स्योरेन्स थली शाखाकी अभिकर्ता सीमा दंगालले सरल राजमार्गमा आफ्ना पाइला चलाइरहेकी छिन् । बीमा अभिकर्ता पेशा अँगाल्न जति सहज र सजिलो छ यसमा व्यवसायिक सफलता प्राप्त गर्न त्यति नै अप्ठ्यारो छ । यस्ता अप्ठ्यारालाई सहजतामा परिणत गर्न सिटिजन लाइफले सीमालाई निकै सहयोग गरेको छ ।

शुरुवाती समयदेखि नै वित्तीय क्षेत्रको राम्रो ज्ञान र अनुभव बटुलेकी उनी सिटिजन लाइफ इन्स्योरेन्स थली शाखाका ब्रान्च म्यानेजर सुबिन कुइँटेलको सल्लाहमा जीवन बीमा व्यवसायमा होमिएकी हुन् । गाउँ समाजमा पनि महिला हक हितको आवाज उठाउँदै आएकी सीमाले जीवन बीमा व्यवसायमा पनि उत्कृष्ट व्यवसाय गरेर महिला एजेन्सीहरूको लागि रोल मोडल बन्न पुगेकी छिन् ।

सानैदेखि पढाइ लेखाइमा रुची राख्ने सीमाले २०६३ सालमा काभ्रेको कुशादेवी माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेकी हुन् । गाउँ समाजमा एक असल नागरिकको परिचय बनाएकी उनले विभिन्न आर्थिक अभाव भोगिरहेकाहरूलाई समेत सहयोग गरेर समाजसेवी तथा अधिकारकर्मीको रूपमा समेत आफ्नो परिचय बनाएकी छिन् ।

२०८१ सालको साउन महीनादेखि आधिकारिक रूपमा सिटिजन लाइफ इन्स्योरेन्सको अभिकर्ता बनेर बीमा व्यवसायको शुरुवात गरेको सुनाउँछिन् उनी । ‘मैलै अभिकर्ता लाइसेन्स लिएको शुरुवाती दिनमै १० जनाको जीवन बीमा गरिदिएर सबैलाई चकित पारेको थिएँ । मेरो घर परिवारको साथ सहयोगले मैले मेरा गाउँ समाजका हरेक नागरिकलाई बीमाको ज्ञान दिएकी छु ।’

कृषि पेसालाई त्यागेर व्यवसायीक अभिकर्ताको रूपमा बीमालाई नै आत्मसाथ गरेर अगाडि बढेकी छिन् सीमा । ‘बीमा बजारमा अभिकर्ता र कम्पनीबीच थुप्रै पतिस्पर्धा रहेको छ । मैले विस्तारै कम्पनीका विभिन्न तालिमहरूमा सहभागी हुँदै गएपछि व्यवसायमा झन मन लाग्दै गएको छ। अभिकर्ताहरूको प्रतिस्पर्धाकाबीच पनि मैलै सबैलाई सरल तरिकाले बुझ्ने गरी बीमा गरेकी छु ।’ उनले भनिन् ।

‘सिटिजन लाइफमा २० वटा घातक रोगको समेत दावी पाइन्छ । मैले मेरो गाउँको एक जना मानिसको बीमा गरेको थिएँ । उहाँले दुई किस्ता मात्र प्रिमियम तिर्नु भएको थियो । पछि उहाँको स्वास्थ्यमा समस्या आएपछि मैले सात दिनभित्रै दाबी भुक्तानी गरेकी छु ।’ उनले सुनाइन्, ‘बीमा दावी दिएपछि गाउँका अरू मानिसहरूलाई समेत बीमा प्रति सकारात्मक सोच आएको थियो। मेरो लागि त्यो पल निकै महत्वपूर्ण बनेको छ । यो संसारमा पैसाभन्दा पनि ठुलो अरू केही कुरा छ भने त्यो हो अरूको खुशी– मैले त्यही खुशी दिएको छु ।’ उनले भनिन् ।

बीमा दावी दिएपछि बीमा व्यवसायमा झन रुची बढेको र थप बलियो मनस्थिती बनाएर अघि बढेको सुनाउछिन् उनी । उनी सिटिजन लाइफ इन्स्योरेन्सकी अभिकर्ता मात्र नभएर आमा बुवाको लागि एक असल छोरी र श्रीमानको लागि एक असल तथा जिम्मेवार श्रीमती बन्न सफल भएकी छिन् । ‘आफ्नो घरपरिवारसँग दुःख सुख बिताउँदै कसैको करकाप सहनु नपर्ने र कुनै लगानी गर्नु नपर्ने, स्वतन्त्र रूपले गर्न सकिने पेशा अभिकर्ता पेशा हो । जसले मलाई यसमा आकर्षित बनाएको हो। यसमा साम दामका साथै इज्जत पनि छ ।’

घर परिवार र श्रीमानको राम्रो साथ सहयोगले सिटिजन लाइफमा चम्किरहेकी सीमा अभिकर्ता पेशाप्रति गौरवान्वित महसूस गरेको अनुभव सुनाउँछिन् । उनले दुई वर्षको अवधिमा ८० जनाभन्दा बढी मानिसको बीमा गर्न सफल भएकी छिन् । ‘हाम्रो गाँउ समाजमा सहरको जस्तो मानिसहरूले ठूलो–ठूलो पोलिसी लिंदैनन् । त्यसो भएकोले मैले बीमितहरूको पारिवारिक तथा आर्थिक अवस्थालाई मध्यनजर गर्दै उहाँहरूलाई सुहाउने बीमा पोलिसी बिक्री गर्ने गरेकी छु ।’

बीमा व्यवसायप्रतिको लगाव र निरन्तरको संघर्षले सीमाले थली शाखा कार्यालयबाट आर्थिक वर्ष २०८१/०८२ मा अर्थात शुरुवाती वर्ष नै गोल्ड क्लबमा छनौट भएर सम्मान ग्रहण गरेकी हुन् । उनले कम्पनीले अभिकर्ताहरूको लागि ल्याएका विभिन्न क्लबहरूमा छनौट भएर मान, सम्मान पाउँदा बीमा गराउन उनलाई झन उत्साह मिलेको बताइन् ।

उनका अनुसार सिटिजन लाइफमा रहेको जीवन शुभारम्भ (इण्डोमेन्ट) बीमा पोलिसी नागरिकको पहिलो रोजाइमा रहेको छ । नागरिकहरूले बीमा कम्पनी हेरेरभन्दा पनि अभिकर्ताहरूको स्वभाव, इमान्दारिता, बानी व्यहोरा र समाजमा उनीहरूको स्थापित छबिलाई हेरेर बीमा गर्ने गरेको उनको बुझाइ छ । नागरिकहरूका कुरा सुनेर उनीहरूको बीमाप्रतिको नकारात्मक धारणा चिरेर अघि बढ्ने गरेको उनी बताउँछिन्।

सिटिजन लाइफ इन्स्योरेन्सले अभिकर्ताहरूलाई प्राथमिकतामा राखेर विभिन्न उत्प्रेरणामुलक तालिम तथा विभिन्न भ्रमण योजना समेत ल्याएको कारण कम्पनीप्रति आफू खुशी रहेको उनको धारणा छ । अभिकर्ता पेशा आम नागरिकहरूले सोचेकोभन्दा निकै फरक रहेको उनको अनुभव छ ।

सिटिजन लाइफमा प्रवेश गरेसँगै सीमाको जीवनमा आमूल परिवर्तन आएको छ । शुरूमा मानिसहरूसँग कुरा गर्दा समेत खुलेर बोल्न लजाउने उनी अभिकर्ता बनेसँगै आत्मविश्वास बढ्नुका साथै कार्यशैलीमा समेत सुधार आएको छ । बीमा व्यवसायमा रहेको अस्वस्थ प्रतिस्पर्धासँग जुध्दै उनले काभ्रे, नगरकोट तथा काठमाडौं लगायतका नागरिकहरूको बीमा गरेर जीवनको जोखिम रक्षावरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सफल भएकी छिन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*