शक्तिशाली पासपोर्टको अन्तिम सातौं स्थानमा नेपाल

२९ आश्विन २०८२, बुधबार १०:२१

काठमाडौं । हेनले एण्ड पार्टनर्सद्वारा सार्वजनिक पासपोर्ट इन्डेक्स २०२५ अनुसार नेपाल अन्तिमबाट सातौं अर्थात् १०६ औं स्थानमा यथावत् रहेको छ।

अघिल्लो वर्ष १०३औं स्थानमा रहेको नेपाल सन् २०२५ को पहिलो त्रैमासमा पनि नेपाल १०१ औं स्थानमा नै रहेको थियो। नेपालपछि क्रमशः सोमालिया, पाकिस्थान, यमन, इराक, सिरिया र अन्तिममा अफगानिस्तान रहेका छन्।

भारतले भने पहिलो त्रैमासको तुलनामा ८ स्थान सुधार गर्दै ८५औं स्थानमा उक्लेको छ। श्रीलंका ९८औं स्थानमा छ भने चीन ६४औं स्थानमा रहेको छ।

अमेरिका शीर्ष १० को सूचीबाट बाहिरिंदै १२औं स्थानमा झरेको छ। पहिलो स्थानमा सिंगापुर र दोस्रोमा दक्षिण कोरिया छ भने तेस्रोमा जापान रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*