बस सेवाको पर्व विशेष उपहार: तिहार–छठमा चाँदीको बिस्कुट र मोबाइल फोन जित्ने मौका

३० आश्विन २०८२, बिहीबार १५:१५

काठमाडौं । नेपाली पर्व तिहार र छठका अवसरमा बससेवाले आफ्ना यात्रुहरूलाई रमाइलो उपहारको अवसर दिएको छ। २९ भदौदेखि १४ कात्तिकसम्म चल्ने यस अभियानमा बससेवामार्फत टिकट काट्ने ३० यात्रुहरूलाई चाँदीको बिस्कुट दिइनेछ भने दुई जनाले भिभो कम्पनीका मोबाइल फोन जित्नेछन्।

दसैँको अवसरमा बससेवाले ‘बस टिकट काट्दा खसी उपहार’ कार्यक्रम पनि सञ्चालन गरेको थियो। गत मंगलबार बससेवाको कार्यालयमा आयोजना गरिएको लक्की ड्र मार्फत पाँचजनाले खसी पाउने भाग्य भेटाएका छन्। विजेतामा कमल भट्टराई (काठमाडौं–अर्घाखाँची), लीलाधर भट्टराई (काठमाडौं–प्यूठान), महेश्वर पौडेल (वालिङ–काठमाडौं), आश्विन ढकाल (काठमाडौं–पोखरा) र नवीन रिजाल (काठमाडौं–बेलहिया) रहेका छन्।

त्यस्तै, ५० जना यात्रुले दुई हजार रुपैयाँ बराबरको लत्ताकपडा किनमेल कुपन पाएका छन् भने एक सयजनाले फ्री–टिकट जितेका छन्। विजेताहरूको नामसूची बससेवाको वेबसाइट, मोबाइल एप र आधिकारिक फेसबुक पेजमा उपलब्ध छ। नेपालमा बससेवा एपले बस, हवाई उडान र होटेल बुकिङ सजिलै उपलब्ध गराउँदै लोकप्रियता हासिल गरेको छ। हरेक दिन राति १० बजेसम्म ग्राहक सहयोग उपलब्ध छ र सबै सेवामा क्यासब्याक र प्रोमो कोडजस्ता आकर्षक अफरहरू पाइन्छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*