तत्कालिन प्रधानमन्त्री ओलीले नियुक्त गरेका ११ देशका राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णय

३० आश्विन २०८२, बिहीबार १८:११

काठमाडौं । सरकारले ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले बताए।

उनका अनुसार चीन, जर्मनी, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरिएको हो। उनीहरूलाई कात्तिक २० गतेभित्र फर्किसक्न निर्देशन पनि दिइएको उनले बताए।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*