जेन–जी आन्दोलनको दुई अर्ब एक करोड बीमा दावी भुक्तानी

३१ आश्विन २०८२, शुक्रबार १७:०४

काठमाडौं । गत भदौं २३ र २४ गते भएको जेन–जी आन्दोलनको क्षतिमा हालसम्म दुई अर्ब एक करोड ९८ लाख रुपैयाँ बीमा दावी भुक्तानी गरेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरुले असोज ३१ गतेसम्ममा उक्त दावी भुक्तानी गरेको हो ।

निर्जीवन बीमा कम्पनीहरुमा कूल ३ हजार १६६ वटा बीमा दाबी बापत २३ अर्ब २० करोड ९१ लख रुपैयाँको कुल बीमा दाबी परेको छ । आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबीको मूल्याङ्कन एवम् अनुगमनका लागि २ हजार ७९१ वटा दाबीका लागि सर्भेयर खटाइएको र सर्भेयरहरूले हालसम्ममा ६५४ को सङ्ख्यामा सर्भे प्रतिवेदन पेश गरेको प्राधिकरणले जनाएको छ ।

यसैगरी, नेपाल पुनर्बीमा कम्पनीमा निर्जीवन बीमा कम्पनीहरूबाट कूल २ हजार ७३३ वटा पुनर्बीमा दाबी परेको र पुनर्बीमा दाबी रकम करिव १५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँ रहेको जानकारी पुनर्बीमा कम्पनीले दिएको छ ।

पुनर्बीमा कम्पनीले हालसम्ममा करिव रू. १ अर्ब ६३ करोड ३५ लाख अग्रिम (पेश्की) भुक्तानी निर्जीवन बीमा कम्पनीहरुलाई दिएको र ६० वटा दाबीको मूल्याङ्कन तथा अनूगमनका लागि संयुक्त बीमा सर्भेयर खटाएको तथ्याङ्क उपलब्ध गराएको छ ।

जेन–जी आन्दोलनको दुई अर्ब बीमा दावी भुक्तानी, सिद्धार्थ प्रिमियर र शिखरको सर्वाधिक, कुनको कति ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*