जेन–जी आन्दोलनमा मारिएका ४१ जनाको हत्यारा को ?

३१ आश्विन २०८२, शुक्रबार १७:३०

काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनमा ४१ जना मृतको हत्या कसले गरेको भन्ने बारे नेपाली सेना नै अन्यौलमा परेको छ । शुक्रबार अर्थात असोज ३१ गेत पत्रकार सम्मेलन गर्दै क्षतिको विवरण सार्वजनिक गरेको सेनाले ४१ जना मृतकको कसरी, कसले हत्या गरेको भन्ने अझै थाहाँ नभएको जिकीर गरेको छ ।

नेपाल सेनाको उक्त विवरणले कसले हत्या गरेको ?, के घुसपैठ भएको हो ?, हत्यारा को भन्ने ? प्रश्न खडा भएको छ । नेपाली सेनाले भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनको क्रममा २२ प्रदर्शनकारी, तीन प्रहरी र १० कैदीबन्दीसहित ७६ जनाको ज्यान गएको जनाएको छ ।

आज पत्रकार सम्मेलनमार्फत देशभर भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण सार्वजनिक गर्दै सेनाले यो जानकारी दिएको हो । घटनाको विस्तृत शब्दचित्र प्रस्तुत गर्दै सेनाले ४१ जनाले विभिन्न लुटपाट, तोडफोड र आगजनीको क्रममा ज्यान गुमाएको हुनसक्ने अनुमान गरेको छ ।

विवरणअनुसार देशभर ४८४ स्थानमा आन्दोलन भएको थियो । त्यसक्रममा सबैभन्दा बढी क्षति नेपाल प्रहरीले व्यहोर्नुपरेको छ । प्रहरीका ३०७ वटा कार्यालयमा आगजनी तथा तोडफोड भएको जनाइएको छ ।

त्यस्तै, ६८८ वटा सरकारी कार्यालय, २५९ निजी निवास, १२८ व्यापारिक प्रतिष्ठान, १९८ वटा राजनीतिक दलका कार्यालयमा आगजनी तथा तोडफोड भएको सेनाको रिर्पोटमा उल्लेख छ ।

सेनाका अनुसार देशका विभिन्न कारागारबाट १५ हजार ५८८ कैदीबन्दी भागेकोमा ८ हजार ७९९ जनालाई पुनः नियन्त्रणमा लिइएको र बाँकीको खोजी भइरहेको छ । प्रदर्शनका क्रममा ९७८ थान हतियार हराएकोमा ५८६ वटा फिर्ता भएको र बाँकीको खोजी भइरहेको पनि जनाइएको छ ।

सेनाले आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने प्रतिवद्धता जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*