जनकपुरमा चल्यो गोली
३१ आश्विन २०८२, शुक्रबार २०:२८

काठमाडौं । जनकपुरको सोनारपट्टीमा प्रहरीले गोली चलेको छ ।
जनकपुरको सोनारपट्टी स्थित एक सुन चाँदी व्यवसायीको पसलमा प्रहरी छापा मार्न पुगेको थियो । त्यस क्रममा व्यवसायीहरूले अवरोध गरेपछि प्रहरीले गोली चलाएको हो ।
बिलबिजक बिनाको सुनचाँदी खरिद बिक्री भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीको टोली शुक्रबार साँझ छापा मार्न पुगेको थियो ।
कति राउन्ड फायर भएको भन्ने बुझ्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको छ ।













