४८ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?
२ कार्तिक २०८२, आईतवार ११:२०

काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ४ हजार ८०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा ७५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ५३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । । आइतबारको नेपाली बजारमा चाँदी प्रतितोला तीन हजार २७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।













