तिहार बिदामा पनि निर्जीवन बीमा कम्पनीबाट सेवा प्रवाह, जेन–जी आन्दोलनको दावी भुक्तानी नै प्राथमिकता

३ कार्तिक २०८२, सोमबार १२:५९

काठमाडौं । नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरुले तिहार बिदामा पनि बीमा सेवा प्रदान गर्ने भएका छन् । नेपालीहरुको महान चाँडपर्वको रुपमा रहेको तिहारमा निर्जीवन बीमा कम्पनीहरुले देशका विभिन्न स्थानमा रहेका बीमा काउण्टर तथा सीमित कर्मचारीहरु मार्फत आवश्यक सेवा प्रदान गर्ने व्यवस्था मिलाएको हो ।

देशमा गत भदौ २३ गतेदेखि सुरु भएको जेन–जी आन्दोलनको क्षतिमा निर्जीवन बीमा क्षेत्रमा २३ अर्बबढी रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ । साथै दशै लगतै असोज १८,१९ र २० गतेको लगातार वर्षाले पनि तीन अर्बको बीमा दावी निर्जीवन बीमा कम्पनीहरुमा परेको छ । इतिहासकै उच्च बीमा दावी भुक्तानीको लागि निर्जीवन बीमा कम्पनीहरु अग्रगामी भुमिकामा रहेका छन् ।

आन्दोलनको अर्बौ रुपैयाँको बीमा दावी भुक्तानीमा सहजीकरण गर्नको लागि निर्जीवन बीमा कम्पनीहरुले नेपालीहरुको तिहार बिदामा समेत बीमा सेवा सुचारु गरेका छन् । बीमा कम्पनीहरु दावी परेको सुरुवाती समयदेखि नै भुक्तानीमा अग्रसर रहेका छन् ।

नेपालमा सञ्चालित १४ निर्जीवन बीमा कम्पनी र चार लघु निजीवन बीमा कम्पनीहरु सञ्चालनमा रहेका छन् । सो कम्पनीहरुमध्ये अधिकांश कम्पनीहरुले आफ्ना केही शाखा तथा केन्द्रिय कार्यालयहरु खुला गरेर आवश्यकताको आधारमा बीमा सेवा प्रवाह गरीरहेका छन् ।

शिखर इन्स्योरेन्स

तिहार बिदाको समयमा पनि शिखर इन्स्योरेन्सले बीमा दावी सम्बन्धि आवश्यक सेवा प्रवाह गरिरहेको छ । कम्पनीले आफ्नो सामाजिक सञ्जाल मार्फत चार जना कर्मचारीलाई बीमा सेवाको लागि तोकेको छ । कम्पनीले तिहार बिदामा स्वस्तीका कार्की, सिर्जन चापागाई, निर्र्मल थापा र राजिव भण्डारीलाई बीमा सेवा प्रवाहको लागि तोकेको छ । शिखर इन्स्योरेन्समा आवश्यक काम परेका बीमितहरुले तोकेका सम्बन्धित व्यक्तिहरुलाई सम्पर्क गरी सेवा लिन सक्ने कम्पनीले जनाएको छ ।


सगरमाथा लुम्बिनी इन्स्योरेन्स

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले तिहार बिदामा कार्यालय बन्द रहने भएपनि दाबी सम्बन्धित सेवा लागि कम्पनीको आधिकारिक इमेल मार्फत सम्पर्क गर्न सकिने जानकारी दिएको छ । कम्पनीले पनि सबै प्रदेशका लागि सम्पर्क व्यक्ति तोकेको छ । कम्पनीले तिहार बिदामा सम्पूर्ण प्रदेश अन्तर्गतका कर्मचारीलार्ई सेवा उपलब्ध गराउने गरी व्यवस्था मिलाएको छ ।

नेको इन्स्योरेन्स

नेको इन्स्योरेन्स कम्पनीले तिहार बिदाको समयमा अर्थात कात्तिक ४ देखि ७ गतेसम्म प्रदेश कार्यालय र प्रधान कार्यालय खुल्ला रहने जनाएको छ । कम्पनीका अनुसार, प्रदेश कार्यालयबाट बीमालेख सम्बन्धि सेवा र प्रधान कार्यालयबाट दाबी सम्बन्धि सेवा प्रदान गरिनेछ । नेको इन्स्योरेन्सले बीमा दावी सेवा र बीमा पोलिसी सम्बन्धि कार्यको लागि देशभरी ८ जना कर्मचारी खटाएको छ ।

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स

आइजीआइ प्रुडेन्सियलले पनि तिहारको सार्वजनिक बिदाका समयमा पनि बीमा सम्बन्धि सेवाका लागि सम्पर्क गर्न सकिने कर्मचारीहरूको सम्पर्क नम्बर र नाम वेबसाइटमार्फत उपलब्ध गराएको छ । विमितहरुले आवश्यक परेको सेवा सम्बन्धित कर्मचारीहरुलाई सम्पर्क गरी लिन सक्ने कम्पनीले जनाएको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्स

हिमालयन एभरेष्ट इन्स्योरेन्सले पनि तिहार बिदामा बीमा सेवा उपलब्ध गराउने भएको छ । कम्पनीले एक सार्वजनिक सूचना जारी गर्दैै केन्द्रिय कार्यालयबाट आकस्मिक सेवा प्रवाह गराउने जनाएको छ । कम्पनीले सार्वजनिक बिदामा सेवा उपलब्ध गराउन प्रज्ञा थापा मगर, मनिष थापा, अंकिता बज्राचार्य र बिजय श्रेष्ठलाई जिम्मेवारी दिएको छ ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स

सिद्धार्थ इन्स्योरेन्सले सातवटै प्रदेशमा सम्पर्क व्यक्तिको जिम्मेवारी तोकेको छ । कम्पनीले बीमा दावी भुक्तानीमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै हालसम्म ८० करोड रुपैयाँभन्दा बढी बीमा दावी भुक्तानी गरिसकेको छ । कम्पनीले प्रधान कार्यालमा दुई जना कर्मचारी तोकेको छ । तिहारमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा आवश्यक बीमा सेवा लिनु परेका तोकीएका कर्मचारीलाई सम्पर्क गर्न सकिने भएको छ ।

एनएलजी इन्स्योरेन्स

एनएलजी इन्स्योरेन्सले पनि तिहार बिदामा समेत बीमा सेवा प्रदान गर्ने भएको छ । कम्पनीले यही कात्तिक ३ गतेदेखि ८ गतेसम्मका लागि बीमा सेवा वा दाबी सम्बन्धि सेवाका लागि सम्पर्क गर्न सकिने ७ जना कर्मचारीको मोबाइल नम्बर वेबसाइटमा प्रकाशन गरेको छ । सो कुनै पनि आवश्यकता तथा बीमा सम्बन्धि कार्य भएका सम्बन्धित व्यक्तिहरुलाई सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

नेपाल बीमा प्राधिकरणले जेन–जी आन्दोलन पीडितलाई राहत दिन छरितो दावी भुक्तानी प्रक्रियाका लागि सहजिकरण गरेको छ । प्राधिकरणले सक्दो चाँडो विवरण संकलन गरी बीमा दावी भुक्तानी गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । निर्जीवन बीमा कम्पनीहरुले अग्रिम र भुक्तानीसहित दुई अर्बबढी बीमा दावी भुक्तानी गरिसकेका छन् ।

युनाइटेड अजोड इन्स्योरेन्स

युनाइटेड अजोड इन्स्योरेन्सले पनि तिहार बिदामा बीमा सेवा उपलब्ध गराउने भएको छ । कम्पनीले एक सार्वजनिक सूचना जारी गर्दैै केन्द्रिय कार्यालयबाट आकस्मिक सेवा प्रवाह गराउने जनाएको छ । कम्पनीले काउण्टर खुल्ला गरी सेवा प्रवाह गर्ने भएको छ ।

प्रभु इन्स्योरेन्स

प्रभु इन्स्योरेन्सले तिहार बिदामा पनि सेवा प्रवाह गर्न सातवटै प्रदेशमा सम्पर्क व्यक्तिको जिम्मेवारी तोकेको छ । साथै, कम्पनीले बजार व्यवस्थापन सम्बन्धि समिर तामाङ्ग र बीमा दावी सन्दर्भमा बत्सल ढकाल, प्रकार अर्याल र राम बहादुर श्रेष्ठलाई सम्बन्धित व्यक्तिको जिम्मेवारी दिएको छ । तिहारमा प्रभु इन्स्योरेन्समा आवश्यक बीमा सेवा लिनु परेका तोकीएका कर्मचारीलाई सम्पर्क गर्न सकिने भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*