सिन्धुलीमा मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु

७ कार्तिक २०८२, शुक्रबार ११:१६

काठमाडौं । बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ तल्लो बराहमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

इम्बोस्ड नम्बर प्लेटको ए ए ए २०७० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा धनुषाधाम नगरपालिका वडा नम्बर ९ बस्ने ३९ वर्षीय लोबसाङ होइदेनको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भिर घाइते भएका उनको सुनकोशी सामुदायिक अस्पतालमा उपचारको क्रममा आज बिहान साढे ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

सिन्धुलीबाट काठमाडौंतर्फ आउँदै गरेको मोटरसाइकल आफैं अनियन्त्रित भएर सडकको डिभाइडरमा ठोक्किँदा चालक सडकबाट करिब १५ फिट तल भिरमा खसेका थिए । उनलाई इलाका प्रहरी कार्यालय खुर्कोटको टोलीले उद्धार गरेर अस्पताल पुर्‍याएको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*